१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजी क्षेत्रलाई प्रोत्साहित नगरेसम्म समृद्धिको सपना पूरा हुँदैन : अध्यक्ष दाहाल

अ+ अ-

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई प्रोत्साहित र उत्साहित नगरेसम्म समृद्धिको सपना पूरा नहुने बताएका छन् ।

चितवन महोत्सवको आज यहाँ उद्घाटन कार्यक्रममा उनले निजी क्षेत्रलाई सकारात्मक ढङ्गले प्रोत्साहित गर्नुपर्ने बताए। मुलुकमा विकास हुनुपर्ने भन्दै उनले भने, ‘जनताको जीवनस्तर उठ्नु प¥यो, जनता समृद्ध हुनु पर्‍यो, जसले गरे पनि हुन्छ । निजी क्षेत्रले गरे पनि हुन्छ, लिबरल इकोनमिकबाट गरे पनि हुन्छ ।’

पूर्वाधार र विकासका दृष्टिले निजी र सार्वजनिक क्षेत्रका बीचमा नङ र मासुको जस्तो सम्बन्धन हुनुपर्ने बताउँदै उनले भने, ‘अब समस्या छ भने काम गर्ने, एक्सनमा जाने समस्या छ, हामीले लिएका नीतिगत निर्णयहरु, संवैधानिक, राजनैतिक निर्णयलाई व्यवहारमा उतार्नुपर्छ ।’

जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाम र विकासलाई गति दिने चुनौती र समस्या नै हाम्रो अगाडिका अबका समस्या रहेको उनले बताए । राष्ट्रलाई एकता, विकास र समृद्धितिर लैजानुपर्ने उल्लेख गर्दै उनले भने,’१० वर्ष समृद्धिका लागि काम गरेर माथि जाने विचार छ ।’उनले सबैको साथ र सहयोग भयो भने चितवन र नेपाललाई नमूनाका रुपमा विकास गर्न सक्छौँ भने ।

कार्यक्रममा प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकाल, प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, किशोर प्रधान, प्रजिअ जितेन्द्र बस्नेत, उद्योग संघचितवनका अध्यक्ष भेषराज दुवाडी लगायतले विकास र समृद्धिको बाटोमा सहयोग आवश्यक भएको बताए ।

कार्यक्रमका अवसरमा महोत्सवको सन्दर्भमा प्रकाशित स्मारिका र चितवन जिल्ला पर्यटन निर्देशिकाको अध्यक्ष दाहालले विमोचन गरेका थिए । महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा ५७० व्यापारिक कक्ष रहेका छन् । उद्योग वाणिज्य संघ चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनामा महोत्सव गरिएको हो ।

गणेशस्थान निर्माण स्थलको निरीक्षण

पूर्वप्रधानमन्त्री दाहालले भरतपुरको गणेशस्थानलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने बताए । सो स्थलको आज बिहान स्थलगत निरीक्षणपछि उनले राम्रो पर्यटकीयस्थल बन्न सक्ने बताएका हुन् ।

उनीसँगै सो स्थल पुगेका प्रदेश सभा सदस्य विजय सुवेदीका अनुसार दाहालले शहरको नजीक सुन्दर स्थल रहेको भन्दै यस क्षेत्रले आन्तरिक र बाह्य पर्यटक आकर्षण गर्न सक्ने बताए । अध्यक्ष दाहाललाई उद्धृत गर्दै सुवेदीले भने, ‘उनले यो ठाउँ धेरै राम्रो हुन्छ, तपाई अगाडि बढ्नुहोस् म के सहयोग गर्नुपर्छ गर्छु ।’ उनले स्थानीयस्तरबाटै सक्रिय भएर निर्माण गरिने यस्ता परियोजनालाई पर्यावरणसँगै पर्यटन विकासमा समेत नयाँ आयाम थप्ने बताएका थिए ।

प्रदेश सभा सदस्य सुवेदी, गणेशस्थान संरक्षण समितिका अध्यक्ष दिनेश चुके, भरतपुर महानगरपालिका–११ का वडाध्यक्ष बाबुराम अधिकारी लगायतले गणेशस्थानलाई गणेशधामका रुपमा विकास गर्न लागिएको जानकारी गराउनु भएका थिए । सो ठाउँलाई गणेशधाम निर्माणका लागि गुरुयोजना र विस्तृत अध्ययन प्रतिवेदन तयार गरिएको छ । धाम निर्माणका लागि करीब रु ८० करोड लाग्ने अनुमान गरिएको छ । हालै मात्रै महायज्ञ आयोजना गरी रु ११ करोड सङ्कलन गरिएको थियो । सो ठाउँमा तलाउ, पार्क, मन्दिर, गणेशको मूर्ति लगायतका संरचना निर्माण गर्ने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस