१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनीमा भीषण आगलागी : लुम्बिनी विकास कोषको साढे ४०० बिगाहा क्षेत्रफल जलेर नष्ट

अ+ अ-

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा भीषण आगलागी भएको छ । एक हप्तादेखि भइरहेको आगलागीले लुम्बिनी विकास कोषको साढे ४०० बिगाहा क्षेत्रफल जलेर नष्ट भएको छ ।

लुम्बिनी विकास कोषको गुरुयोजना क्षेत्रभित्र भएको आगलागीका कारण महत्वपूर्ण वनस्पति जलेर नष्ट भएका कोषका वनस्पती शाखा अधिकृत सब्बिर खानले जानकारी दिए । ‘दिनहुँ आगलागी भएको छ, विकास कोषसँग दमकल छैन, नगरपालिकाको दमकल बिग्रिएकाले आगलागी नियन्त्रण गर्न गाह्रो भएको छ,’उनले भने, ‘यसपालि आगलागीले विकराल रुप लिँदा समस्या भयो ।’ आगो गए रातिबाट नियन्त्रणमा आएको उनले बताए ।

एक हप्तादेखि दिनहुँ आगलागी भए पनि कसरी आगो लाग्यो भन्नेबारे थाहा हुन सकेको छैन । उनले भने, ‘विकास कोष क्षेत्रमा चौबिसै घण्टा सुरक्षाकर्मी तैनाथ छन्, विकास कोषका सुरक्षा गार्ड छन् तर आगो कसरी लाग्यो भन्नेबारे केही जानकारी भएन ।’

अन्तर्राष्ट्रिय ध्यान केन्द्र तथा सभागृह, शान्ति स्तुपा क्षेत्रदेखि थाई विहार, जर्मनी विहार क्षेत्रसम्म आगो फैलिएको थियो । एक दिनमा ३ पटकसम्म आगलागी हुने गरेको विकास कोषले जनाएको छ । पटक पटक आगलागी हुँदासमेत यसको कारण खोज्न नसक्नु विकास कोषको कमजोरी भएको स्थानीयवासी बताउँछन् ।

लुम्बिनीका पर्यटन व्यवसायी लीलामणि शर्माले आगलागीको नैतिक जिम्मेवारी विकास कोषले लिनुपर्ने बताए । उनले भने, ‘सशस्त्र, जनपथ, दङ्गा प्रहरी, कोषको सुरक्षा गार्डको दस्ता हुँदाहुँदै दिनहुँ आगलागी हुनु सुरक्षा लापरवाही हो ।’ आगलागीका कारण विकास कोष क्षेत्रभित्रका पशुपंक्षी कीट पतङ्गहरु प्रभावित भएका छन् । आगलागीका कारण सारसको बासस्थान समेत जलेको छ । असुरक्षित महसुस गरेपछि सारस उडेर गएका स्थानीयवासीले बताएका छन् ।

सुरक्षा व्यवस्था चुस्तदुरुस्त नबन्दा समस्या आएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक शङ्कर पोखरेलले बताए । कोेष भित्रको आफ्नै कमजोरीका कारण पनि प्रत्येक वर्ष आगलागी हुने गरेको उनले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस