९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मकवानपुरमा लागुऔषध प्रयोगकर्ता पाँच हजार

अ+ अ-

हेटौडा । हेटौँडा–९ की कमला मिजार हेटौँडाको एक उद्योगमा कार्यरत छिन् । आफ्नो छोराको असाध्यै माया गर्ने उनले छोरालाई दैनिक एक÷दुई सय खर्च दिने गर्थिन, आवश्यकता हेरेर वा साथीको जन्मदिन आदिमा थप खर्च दिन कहिल्यै कन्जुस्याइ गनिन् ।

नौ कक्षा पढ्दै गरेको छोरा दिउँसो कहाँ जान्छ, के गर्छ त्यता उनले ध्यान नै दिन भ्याउनुभएन । आफू घर आउँदा छोरा घरमै पाउँदा कमला छोराप्रति झन् गद्गद् नै हुन्थिन् । बिस्तारै छोरो धेरै नै सुत्ने र उसको आँखा रातोरातो हुने गरेको देखेपछि भने कमलाको मनमा शंका उब्जियो र निगरानी गर्दा उ कुलतमा लागेको थाहापाएपछि भने छाँगाबाट खसेको जस्तै भइन् ।

बारम्बार साथीको जन्मदिन भन्दै छोरो कहाँ जान्छ वा आफू अफिस गएको बेला छोरोले के गर्दोरहेछ भन्ने थाहा पाउन उनले धेरै नै कुर्नुपर्‍यो ।

छोरोले लागुऔषध सेवन गर्ने गरेको थाहा पाउनुअघि उनले अस्पताल मात्र होइन, ‘माता’ कहाँसमेत धाइन् । माताले छोरोलाई कसैले बिगार पारेको भनेर खरानी फुकेर खानदिए पनि रोग निको नभएकाले पछि आफन्तको सल्लाहमा सौजन डिसीसँग भेट गरिन् । डिसी पूर्व लागुपदार्थ प्रयोगकर्ता भएपनि अहिले उनी दुरव्यसनविरुद्धको अभियानमा लागेका व्यक्ति हुन् ।

डिसीले कमलाको छोरालाई दुर्व्यसनबाट छुटकारा मात्र दिलाएनन् मानव जीवनको महत्व पारिवारिक सम्बन्धबाट हुने फाइदाबारे पनि सिकाए ।

प्रशस्त पैसा भएपनि र आमाबाबुको ध्यान नपुग्दा छोराछोरी कुलतमा पनि सक्छन् भन्ने उदाहारण हो । कमला मिजारको सत्यकथा ।

जिल्ला लागुऔषध समन्वय समितिले लागुऔषधको प्रयोगको रोकथाम गर्न के गर्न सकिन्छ भन्ने विषयमा हेटौँडामा बुधबार आयोजित अन्तरक्रियामा बोल्दै कमला मिजारले आफूले भोगेका पीडा सुनाएकी हुन् । आमाले बोलिरहँदा छोरा विश्वास भने मुसुमुसु हाँस्दै आमाको भिडियो खिच्दै थिए । जिल्ला लागुऔषध समन्वय समितिका संयोजक सन्दीप शाक्यका अनुसार मकवानपुरमा ७२० जनाले सुइमार्फत लागुऔषध प्रयोग गर्दै आएका छन् । अन्य विधिमार्फत लागुऔषध प्रयोग गर्नेको सङ्ख्या पाँच हजारभन्दा माथि छ । मकवानपुरमा छ वटा पुनःस्थापना केन्द्र छन् ।

देवानी र फौजदारी संहितासम्बन्धी सचेतना

कानून, न्याय तथा संसदीय मामिला मन्त्रलयको आयोजनामा हेटौँडामा देवानी र फौजदारी संहितासम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।

बुधबार आयोजित कार्यक्रममा दुबै संहिताको विविध विषयमा जानकारी गराउनाका साथै सूचना प्रविधिको विकासलाई समेत विचार गरी न्याय प्रशासन तथा सम्पादनलाई आधुनिकीकण गर्न तथा प्रविधिमैत्री बनाउन एवं प्रविधिको विकासबाट सिर्जित कतिपय कसुरजन्य कार्यलाई कानूनको दायरामा ल्याउन संहिता आवश्यक भएको जानकारी दिइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस