१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारीमार्फत सामूहिक आलु र प्याज खेती

अ+ अ-

दमौली । बाँझो जग्गाको सदुपयोग गर्दै आयआर्जन गर्ने उद्देश्यसहित तनहुँको भानु नगरपालिका चितीखोलाका कृषकले सहकारीमार्फत आलु र प्याजखेती शुरु गरेका छन् । बागेश्वरी कृषि सहकारीमा आबद्ध ५४ जना कृषकले सामूहिकरुपमा आलु र प्याजखेती शुरु गरेका हुन् ।

भानु नगरपालिका वडा नं ७, ९ र १० स्थित चितीखोला सङ्गमका कृषक सङ्गठित भएर आलु र प्याजखेती शुरु गरेको सहकारीका अध्यक्ष काशीराम महतले जानकारी दिए । उनका अनुसार बाँझो रहेको जग्गाको सदुपयोग गर्दै आम्दानीको स्रोत बढाउने उद्देश्यले मङ्सिर महीनादेखि सामूहिक आलुखेती गरिएको छ भने पुस २० गतेदेखि प्याजसमेत रोपिएको छ ।

गाउँमा कृषि कर्म गर्ने युवा नहुँदा खेतबारीमा बाँझै रहेकाले जग्गाको सदुपयोग गर्दै आम्दानी गर्ने उद्देश्यसहित सामूहिकरुपमा खेती थालिएको महतले बताए ।

उनले भने, ‘गाउँमा कृषि कर्म गर्ने युवा छैनन् । यस ठाउँका कतिपय युवा वैदेशिक रोजगारीका लागि विदेशिएका छन् भने कतिपय युवा अध्ययनका लागि शहर पुगेका छन् । काम युवा नहुँदा खेतबारी बाँझो रहँदै आएको छ ।’ २३ रोपनी जग्गा भाडामा लिएर सामूहिकरुपमा खेती थालिएको कृषि सहकारीका सदस्य वासुराज कडरियाले जानकारी दिए ।

उनका अनुसार १३ रोपनी क्षेत्रफलमा आलु र सात रोपनी क्षेत्रफलमा प्याज रोपिएको छ भने बाँकी जग्गामा केरा, काँक्रोलगायत खेती गर्ने योजना बनाइएको छ । दश वर्षका लागि भाडामा लिइएको जग्गामध्ये १३ रोपनीको वार्षिक रु १५ हजार र १० रोपनीको वार्षिक रु १० हजार भाडा बुझाइने छ । आलुका लागि भानु नगरपालिकाले अनुदान उपलब्ध गराएको छ ।

छ क्विन्टल आलुको बीउ खरीदमा नगरपालिकाले ५० प्रतिशत अनुदान सहयोग गरेको थियो भने ५० प्रतिशत रकम सहकारीले व्यहोरेको छ । सहकारीमा १० जना पुरुष र ४४ जना महिला आबद्ध छन् । उनीहरुले दैनिक चार घण्टासम्म सामूहिकरुपमा काम गर्ने गरेका छन् ।

कँडरियाले भने, ‘सामूहिकरुपमा काम गर्दा सजिलो भएको र सामिप्यतासमेत बढ्ने गरेको छ ।’केरा खेतीका लागि भानु नगरपालिकामा अनुदानका लागि निवेदन दिइएको जानकारी दिँदै उनले सामूहिकरुपमा कुखुरापालन र गाईपालन गर्ने लक्ष्य राखिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस