१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिनीया बच्चालाई म्याद गुज्रेको पोलियो खोप

अ+ अ-

साङघाइ । चीनको पूर्वी क्षेत्रमा कम्तीमा एकसय ४५ जना बालबालिकालाई म्याद गुज्रेको पोलियो खोप दिइएको पत्ता लागेको छ । चीन सरकारले आधारभूत स्वास्थ्य सेवामा व्यापक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेपनि नयाँ तथ्य बाहिर आएको छ ।

जियाङ्सु काउन्टी सरकारका अनुसार, यसै साता उक्त घटना सार्वजनिक भएलगत्तै जियाङ्सु प्रान्तका तीनजना स्वास्थ्य अधिकारीहरुलाई पदबाट हटाइएको छ ।

एक जना अभिभावकले यसै साताको शुरुमा स्थानीय स्वास्थ्य संस्थामा बच्चालाई पोलियो खोप खुवाउन लैजाँदा खोपको म्याद गुज्रेको थाहा पाएका थिए । उक्त खोपको म्याद डिसेम्बर ११ लेखिएको चिनीया टेलिभिजन सीसीटीभीले जनाएको छ ।

स्थानीय सरकारले डिसेम्बर ११ देखि जनवरी ७ का बीचमा एकसय ४५ जना बालबालिकालाई म्याद गुज्रेको खोप लगाएको पाइएको जनाएको छ । स्थानीय स्वास्थ्य अधिकारीहरुले म्याद गुज्रेको खोपको प्रभावकारिता कम हुने तर स्वास्थ्यमा कुनै नकारात्मक असर नगर्ने दाबी गरेका छन् ।

विश्व स्वास्थ्य संगठनको वेबसाइटमा यस्तो खोप लगाउँदा बालबालिका बिरामी नहुने भन्दै त्यस्तो अवस्थामा पूर्ण खोप लगाएको मान्न नसकिने उल्लेख छ । गत वर्ष चीन सरकारले रेबिज भ्याक्सिनमा समस्या देखिएपछि खोप उद्योगहरुमा व्यापक सुधार गर्ने योजना अघि सारेको थियो ।

चीन सरकारले दुई महिनादेखि चार वर्ष उमेरका बालबालिकालाई निःशुल्क पोलियो खोप उपलब्ध गराइरहेको छ । यस्तो खोप स्वास्थ्य अधिकारीको निगरानीमा खुवाइन्छ ।

प्रतिक्रिया दिनुहोस