१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानसेनापति थापालाई भारतीय स्थल सेनाको मानार्थ सेनापतिको दर्ज्यानी

अ+ अ-

काठमाडौँ । नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारत सरकारले मानार्थ सेनापतिको दर्ज्यानी चिन्ह प्रदान गरेको छ ।

आइतबार बिहान नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित एक समारोहमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले प्रधानसेनापति थापालाई भारतीय स्थलसेनाको मानार्थ सेनापतिको दर्ज्यानी प्रदान गरेका हुन् ।

नेपाल र मित्रराष्ट्र भारतीय सेनाबिच रहिआएको परम्परागत आपसी सौहार्द सम्बन्ध अनुरूप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक प्रचलनअनुसार नै थापालाई उक्त सम्मान दिइएको हो ।

भारतका राष्ट्रपति कोविन्दले आफ्नो ट्विटमा भनेका छन्– ‘सेनापति थापालाई सैन्य कौशल र नेपालको भारतसँगको लामो र मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउन योगदान दिएबापत मानार्थ सेनापतिबाट सम्मान गरिएको हो’

औपचारिक भारत भ्रमणको दौरान प्रधान सेनापति महारथी थापाले हिजो मात्रै न्यू दिल्लीस्थित नेशनल डिफेन्स कलेजको निरीक्षण भ्रमण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

भारत भ्रमणको क्रममा प्रधानसेनापति थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष रावत, रक्षा मन्त्री निर्मला सिथारमन राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेट्ने कार्यक्रम रहेको छ ।

भारत भ्रमण सम्पन्न गरी प्रधानसेनापति थापा २ माघमा स्वदेश फर्कनेछन् ।

मानार्थ सेनापति

प्रतिक्रिया दिनुहोस