८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवतीदेखि वृद्धासम्ममा पाठेघरको समस्या

अ+ अ-

नारायणपुर । लक्ष्मीपुर स्यालापानीकी बेली विष्ट आफ्नो बिहे हुँदा कपाल बाट्न जान्नुभएको थिएन । १३ वर्षकै उमेरमा विवाह गरेकी बेली ६२ वर्षको उमेरसम्म आइपुग्दा रोग पालेर बस्नुपरेको छ ।

१७ वर्षको उमेरमा पहिलो सन्तानकी आमा बनेकी उनले जम्माजम्मी चार सन्तान हुर्काए । सन्तान सँगसँगै रोग पनि हुर्किएको उनले थाहा पनएनन । बेलीले भनिन्, “अहिले छोराछोरी हुर्किए, छोराछोरीसँगै शरीरमा रोग पनि हुर्किदै गएको रैछ ।”

घोराही उपमहानगरपालिका–४ को कार्यालयमा आयोजना गरिएको स्वास्थ्य शिविरमा आएकी बेलीलाई धेरै वर्षदेखि पाठेघरको समस्या थियो । श्रीमान् गुमेपछि आफैँले जन्मदिने छोराछोरीलाई त्यस्तो कुरा कसरी भन्नु ? त्यही लाजका कारण पाठेघरको समस्या झन विकराल हुँदै गएपछि जाँच गर्न आएको बताइन् । “एक पटक स्वास्थ्यचौकीमा गएँ, घोराहीको ठूलो सरकारी अस्पतालमा जानु भन्यो, गएँ” बेलीले सुनाइन्, “पाठेघर खस्ने गथ्र्यो, लाज लाग्यो, सेतोपानी मात्र बग्छ भनेर रोग लुकाएँ ।”

सिस्नेखोलाकी सुनिता रोका पाठेघरको समस्या बोकेर शिविरमा आइन् । १६ वर्षको उमेरमा विवाह गरेकी सुनिता अहिले २६ वर्षको उमेरमा दुई सन्तानकी आमा भइसकेकी छन् । “महीनावारी समयमा हुन्न, सेतोपानी बग्ने, गनाउने पानी बग्ने भएर आएको ।” सुनिताले भनिन्, “डाक्टरले पाठेघरमा समस्या देखिएको छ, भनेको छ ।” पाठेघरको सङ्क्रमण भएपछि औषधि लिएर सुनिता घर फर्किइन् ।

विवाह गरेर सन्तानको आमा भइसकेका युवतीदेखि उमेरले वृद्धावस्थामा पुगेका महिला पाठेघरको समस्याबाट पीडित रहेको डा पुष्पा डाँगीले बताइन् । २८७ बिरामीको स्वास्थ्य जाँच गरिएको शिविरमा १०३ महिलाको पाठेघरमा समस्या देखिएको नेपाल परिवार नियोजन सङ्घका प्रबन्धक वसन्त खनालले जानकारी दिए ।

“नेपाल परिवार नियोजन सङ्घले विभिन्न निकायसँगको समन्वयमा स्वास्थ्य शिविरको आयोजना गर्छ । शिविरमा धेरैजसो महिला पाठेघरको समस्या लिएर आउँछन् ।” प्रबन्धक खनालले भने, “पाठेघरको समस्या नभएको त महिला नै छैन भने पनि हुन्छ गाउँमा ।” समस्या हुनु ठुलो कुरा नभए पनि समस्या लुकाएर बस्नु सबैभन्दा खतरनाक विषय भएको खनालले बताए । “सानो समस्या हुँदा लाज मान्ने र विकराल बनेपछि उपचार नै सम्भव नहुने समस्या छ ।”

सानै उमेरमा विवाह गर्ने, सानै उमेरमा सन्तान उत्पादन प्रक्रियामा भाग लिने, जन्मान्तर नहुने र धेरै बच्चा जन्माउने महिलामा पाठेघरको समस्या देखिने डा डाँगीले बताए । शिविरमा आँखाका ९० बिरामी, दाँतका ४५, यौनरोगसम्बन्धी २२ र स्तनका दुई जना बिरामीको स्वास्थ्य जाँच गरिएको परिवार नियोजन सङ्घले बताएको छ ।

वडावासीको स्वास्थ्य अवस्था बुझ्न र निःशुल्क स्वास्थ्य जाँचका लागि शिविरको आयोजना गरिएको वडाध्यक्ष भीमबहादुर सार्कीले बताए । रासस

प्रतिक्रिया दिनुहोस