१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महर्षि महेश योगीको १०२औँ जन्मजयन्ती

अ+ अ-

काठमाडौं । वैदिक ज्ञानको विश्वव्यापी प्रचारप्रसारमा योगदान गरेका महर्षि महेश योगीको १०२औँ जन्मजयन्ती विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

नेपाल महर्षि वैदिक फाउण्डेशनले यस अवसरमा आयोजना गरेको कार्यक्रममा फाउण्डेशनका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले विश्व शान्तिका लागि नेपालले नेतृत्व गर्नसक्ने महेश योगीको वाणीलाई पूरा गर्ने अभियानमा लाग्न आह्वान गरे ।

विसं २०३१ मा टुँडिखेलमा आयोजना भएको प्रवचन कार्यक्रममा महर्षि महेश योगीले हिमालयको काखमा रहेको नेपालले वैदिक ज्ञानका माध्यमबाट विश्व शान्तिका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने बताएका थिए।

कार्यक्रमममा भावातीत ध्यान शिक्षक मीनराज अधिकारीले हाल नेपालमा भइरहेको वैदिक अभियानका बारेमा जानकारी गराए । यसैअवसरमा नेपाल ग्लोबल मदर डिभाइन अर्गनाइजेसनले आयोजना गरेको कार्यक्रममा सामूहिक गुरूपूजन, भावातीत ध्यान, महर्षि महेश योगीको जीवनी र योगदानका बारेमा चर्चा भएको थियो ।

कार्यक्रममा ब्रह्मचारीद्वय आत्माराम र रामप्रसादका साथै ४० वर्षदेखि भावातीत ध्यानमग्न निकोलस वेडवर्थले महर्षि महेश योगी, भावातीत ध्यान एवं महर्षिले विश्व समुदायलाई दिएको सन्देशका बारेमा प्रकाश पारेका थिए ।

संस्थाका अध्यक्ष कल्पना घिमिरेले प्रत्येक शनिबार बिहान ८ बजे ध्यान परीक्षण आयोजना गरिने भएकाले सहभागी हुन आह्वान गरे । कार्यक्रममा ध्यान शिक्षिका एवं संस्थाका सदस्यहरू पप्पीदेवी रेग्मी, विमला शर्मा, लक्ष्मी पाण्डे, सरस्वती विष्ट, कल्पना गिरी, शकुन्तला पोख्ररेल, कल्पना अधिकारी, पयश्वनी घिमिरेलगायतले शान्ति एवं आनन्द प्राप्तिका लागि महर्षिले बाँडेका भावातीत ध्यानको ज्ञान उपयोगी हुनेमा जोड दिएका थिए ।

यसैगरी विश्व शान्तिको सङ्कल्पसहित हाल देशभरका ७५ गुरुकुलमा वैदिक रुद्राभिषेक भइरहेको छ । ती गुरुकुलमा पनि महर्षि जयन्तीका अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको थियो । ज्योतिर्मठका शङ्कराचार्य ब्रह्मानन्द सरस्वतीसँग दीक्षा लिई महेश योगीले विश्वव्यापीरूपमा भावातीत ध्यानको अभ्यास शुरु गराएका थिए ।

हाल विश्वका १९२ देशमा भावातीत ध्यान साधना हुने गरेको छ । ध्यानका माध्यमबाट मानसिक क्षमताको विकास, राम्रो स्वास्थ्य, अरुसँगको व्यवहारमा सुधार र विश्व शान्तिका लागि सहयोग पुग्ने वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको जनाइएको छ । बिहान, बेलुका २०/२० मिनेट ध्यान गर्ने साधकले तनावबाट मुक्ति पाई आनन्द अनुभूति गर्ने, स्मरण शक्ति बढ्नेलगायत फाइदा हुने अनुभव नियमित साधना गर्ने साधकले गर्न सक्ने सो अवसरमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस