१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुन्तलाको उत्पादन घट्दा किसान चिन्तित

अ+ अ-

भोजपुर । सुन्तलाखेतीबाट निकै राम्रो आम्दानी गर्दै आएका भोजपुरका कृषक उत्पादन घटेपछि समस्यामा परेका छन् । अन्य बालीलाई पन्छाएर व्यावसायिक रूपले सुन्तला खेतीमा लागेका कृषक उत्पादन कम भएपछि समस्यामा परेका हुन् ।

यस वर्ष उत्पादनमा ५० प्रतिशतभन्दा बढीले कमी आएको भोजपुर नगरपालिका–३ गुप्तेश्वरका सुन्तला कृषक गणेश प्रधानले बताए । उनले भने, ‘गत वर्षको तुलनामा ५० प्रतिशतभन्दा बढी उत्पादमा कमी आएको छ । गत वर्ष मैले आफूले खाएर पनि रू ८० हजारको सुन्तला बेचेको थिएँ तर यस वर्ष रू २० हजारको पनि उत्पादन भएन ।’समयमा वर्षा नहुनु तथा सुन्तलाको बोट पुरानो हुँदै जानाका साथै रोगका कीरा आदिको प्रकोपका कारण सुन्तला बगैँचा मासिँदै गएकाले उत्पादन घटेको पीडित कृषकको भनाइ छ ।

विगतको वर्षमा झैँ हेरचाह गरे पनि उत्पादनमा कमी आएको भोजपुर नगरपालिका–४ शिद्धेश्वरका अर्का कृषक भीमबहादुर मिजारले बताए । उनले भन्, ‘ हाम्रो क्षेत्रमा मात्र हैन जिल्लाको सबै स्थानमा यस वर्ष सुन्तला फलेन, यस वर्ष त सुन्तला आफैँलाई खान मात्रै ठिक्क होला जस्तो छ ।’ जिल्लामा गत वर्ष सात हजार ९२० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो ।

सुन्तलाबाट गत वर्ष रु २३ करोड ७६ लाख आम्दानी भएको तत्कालीन जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कले देखाएको छ । जिल्लामा २८७ वटा ठूला बगैँचा र अन्य ठाउँमा सामन्यरुपमा सुन्तला खेती हुने गरेको कार्यालयले जनाएको छ ।

यहाँ उत्पादित सुन्तला धरानको कृषि वजार, इटहरी, विराटनगर, काठमाडौंलगायत स्थानमा खपत हुने गरेको छ । जिल्लाको अन्नपूर्ण, छिनामखु, खावा, कोट, गोगने, तिम्मा, देउराली, हेलौछा, साङपाङ, रानीवास, आम्तेक, प्याउली शिद्धेश्वर, गुप्तेश्वर, मूलपानीलगायतका ठाउँमा सुन्तला उत्पादन हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस