१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला क्रिकेट : नेपाल युएईलाई पराजित गर्दै सेमिफाइनलमा

अ+ अ-

काठमाडौं । थाइल्याण्डमा जारी महिला टी ट्वान्टी स्म्यास २०१९ क्रिकेट प्रतियोगितामा नेपाल संयुक्त अरब इमिरेटस् (युएई) लाई पराजित गर्दैे सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । नेपालको यो लगातार तेस्रो जित हो । यसअघि नेपालले शनिबार भएको पहिलो खेलमा चीनलाई १० विकेट र आइतबार मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

पहिले ब्याटिङ् गरेको युएईले नेपाललाई १०६ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले १९ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । नेपालको जितमा सिता राना मगरले सर्वाधिक ३७ रनको योगदान दिइन् भने काजल श्रेष्ठले २५ तथा इन्दु बर्माले १३ रन जोडिन् । त्यस्तै कप्तान रुबिना क्षेत्री १० रनमा अविजित रहँदा नेरी थापाले ६ रन जोडिन् । बलिङतर्फ युएईकी इशा ओजा, हुमाइरा तास्निम र चमानी सिनेभिरात्नेले समान एक/एक विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेट गुमाउँदै १०५ रनको योगफल बनाएको थियो । उसका लागि छायाँ मुगालले ३१, इशा ओजाले २८ तथा चमानी सिनेभिरात्नेले अविजित २३ रन जोडिन् । युएईलाई सस्तैमा समेट्ने क्रममा नेपालकी सोनु खड्का, सिता रानामगर र करुणा भण्डारीले एक/एक विकेट लिए । जितसँगै नेपालले ३ खेलबाट ६ अङ्क जोडेको छ । नेपालले एक खेल अगावै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । अब नेपालले समूह चरणको अन्तिम खेल बुधबार थाइल्याण्डसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस