८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताको सहभागितामा मात्र समृद्ध नेपाल सम्भव : उपराष्ट्रपति पुन

अ+ अ-

गलकोट । उपराष्ट्रपति नन्दबहादुर पुनले जनताको सहभागितामा मात्र समृद्ध नेपाल निर्माण गर्न सम्भव हुने बताएका छन् । बागलुङ जैमिनी नगरपालिका–१ कुस्मिशेरामा आज सहारा क्लबले आयोजना गरेको प्रथम जैमिनी महोत्सवलाई सम्बोधन गर्दै उनले विकास र समृिद्ध अहिलेको राष्ट्रिय एजेण्डा भएकले जनताको प्रत्यक्ष सहभागितामा मात्र त्यो सम्भव हुने बताए ।

उपराष्ट्रपति पुनले कालीगण्डकी करिडोर र लोकमार्गले बागलुङको विकासमा ठूलो टेवा पु¥याउने उल्लेख गर्दै यहाँको सडक स्तरोन्नतिका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘समृद्ध जैमिनी निर्माणका लागि कृषिमा आधुनिकीकरण गरेर उत्पादनमा वृद्धि गर्नु आवश्यक छ,’ उनले भने, ‘बागलुङको पर्यटन विकासमा सबैको सक्रिय योगदान आवश्यक छ ।’

उपराष्ट्रपति पुनले जिल्लामा रहेका पर्यटकीयस्थलको विकास र विस्तारमा यस्ताखाले मेला, महोत्सवले प्रवर्द्धन गर्ने धारणा व्यक्त गरे । माघे सङ्क्रान्तिका अवसरमा जिल्लाको कलासंकृति संरक्षण, खेलकूद विकास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पुस २७ गतेदेखि शुरु भएको महोत्सव माघ ४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

महोत्सवमा प्रथम मेयर कप भलिबल प्रतियोगिता, प्रदेशस्तरीय लोक दोहोरी गीत प्रतियोगिता, शैक्षिक प्रदर्शनी, कृषि प्रदर्शनी, दोस्रो जैमिनी डान्स आइडल प्रतियोगिता, भजन प्रतियोगितालगायत कार्यक्रम आयोजना गरिनेछ ।

‘कलासंकृति तथा खेलकूदको संवर्द्धन, कृषि व्यापार, उद्योग तथा पर्यटनको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ शुरु भएको महोत्सवमा ७० भन्दा धेरै व्यापारिक तथा स्थानीय स्टल रहेको क्लबका अध्यक्ष सुरेश सुनारले बताए ।

प्रतिक्रिया दिनुहोस