१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भयरहित समाचार सङ्कलन गर्न युनियनको माग

अ+ अ-

काठमाडौं । नेपाल प्रेस युनियनले बिएण्डसी अस्पताल बिर्तामोड, झापाका सञ्चालक दुर्गा प्रसाईंले नेपाल प्रेस युनियन, इलाम अध्यक्ष तथा कान्तिपुर संवाददाता विप्लव भट्टराईलगायत जिल्लामा कार्यरत अन्य सञ्चारकर्मीलाई टेलिफोनमार्फत अपशब्द बोल्दै गालीगलौज गरेको तथा धम्की दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै इलाममा अनशनरत डा.गोविन्द केसीलाई भेट्न चैतन्य मैनाली इलाम आएको बारेमा सञ्चालक प्रसाईंसँग बुझ्न खोज्दा ‘जे गर्छौ गर, तिमीहरूले गर्दा केही बिग्रिँदैन’ भनी प्रतिउत्तर दिनु प्रेसमाथिकै अपमान भएको युनियनको ठहर रहेको महासचिव अजयबाबु सिवाकोटीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

समाचारप्रति असन्तुष्टि रहे कानूनी उपचारको बाटो हुँदाहुँदै प्रसाईंको अभिव्यक्ति सिङ्गो प्रेसमाथिको धावा हो भन्दै युनियनले यस्तो व्यवहार प्रदर्शन गर्ने सञ्चालक प्रसाईंमाथि आवश्यक कारवाहीका लागि सरकार समक्ष माग गरेको छ । साथै युनियनले सञ्चारकर्मीलाई निर्वाध र भयरहितरूपमा समाचार सङ्कलन र सम्प्रेषण गर्ने वातावरण मिलाउन र सञ्चारकर्मीको भौतिक सुरक्षा गर्नसमेत माग गरेको छ ।रासस

प्रतिक्रिया दिनुहोस