१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नार्ककै विषयमा अनुसन्धान गर्नुपर्छ : कृषिमन्त्री खनाल

अ+ अ-

भरतपुर। कृषिमन्त्री चक्रपाणि खनालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)कै अनुसन्धान गर्नुपर्ने बताएका छन् । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनको अवलोकनपछि आयोजित छलफल कार्यक्रममा मन्त्री खनालले नेपालका वैज्ञानिक पलायन हुने अवस्थाको अन्त्य गर्न अनुसन्धान केन्द्रमै अनुसन्धान गर्न आवश्यक रहेको बताए । ‘नेपालका वैज्ञानिकको अनुसन्धान विगतमा सार्क मुलुकमा अग्रणी स्थानमा थियो’ उनले भने, ‘वैज्ञानिकको हिजोको विरासत कहाँनिर टुट्यो ?’

उनले राज्यको नीति, वैज्ञानिकको काम गर्ने क्षमता अथवा देशमा वातावरण के कारणले वैज्ञानिक पलायन भए भन्नेबारे अनुसन्धान गर्नुपर्न बताए । मन्त्री खनालले नार्कलाई कुनै आरोप लगाउने पक्षमा आफू नरहेको भन्दै कृषि क्षेत्रमा प्रगति गर्न नसक्नुको गल्ती कमजोरी खोजी गर्नुपर्ने बताए । आधुनिक कृषि प्रणालीमा अनुसन्धान र किसानलाई प्रविधिमा जोड्न सकेमात्र लाखौँ विदेशिने नेपाली युवालाई स्वदेशमै रोक्न सकिने उनको भनाइ थियो ।

नार्कका परिषद् सदस्य मित्रराज दवाडी, किशोर दाहाल, भरतपुर महानगरका प्रमुख रेनु दाहाललगायतले कृषिमा वैज्ञानिकीकरण भनिए पनि परिणाममा आउन नसकेको बताए । नार्कका कार्यकारी निर्देशक डा. टेकबहादुर गुरुङले पछिल्लो समय नेपालमा प्रयोग भइरहेको प्रविधिका बारेमा जानकारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस