१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. केसीको अनशनप्रति सरकार गम्भीर बनोस् : काङ्ग्रेस

अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले डा.गोविन्द केसीले थालेका आमरण अनशन ८ दिन पुग्दै गर्दा उनको बिग्रदै गएको स्वास्थ स्थिति र सरकारको संवेदना शुन्य भूमिकाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज पत्रकार सम्मेलन गरी डा.केसीका माग, विगतका सम्झौता र वर्तमान परिस्थिति बारे प्रष्ट पारेका छ । उनले विसं २०४६ को परिवर्तन पश्चात काङ्ग्रेसले बढावा दिएको उदार अर्थव्यवस्थाको परिणाम स्वरुप चिकित्सा शिक्षाको क्षेत्रमा भएको बढोत्तरी पनि एक भएको उल्लेख गरे।

डा.गोविन्द केसीले विगतदेखि अघि सार्नु भएका माग चिकित्सा शिक्षाको क्षेत्रमा अत्यावश्यक सुधार र प्रगतिका लागि महत्वपूर्ण भएकाले यसलाई अपनत्व ग्रहण गरेर कार्यान्वयनका लागि समन्वय गर्ने जिम्मेवारी सबैको साझा कर्तव्य भएको कांग्रेसको ठम्याई छ ।

चिकित्सा शिक्षामा सुधारका लागि काङ्ग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको प्रधानमन्त्रीत्वमा रहेको सरकारले डा.केदारभक्त माथेमाको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको थियो ।

प्रवक्ता शर्माले भने, ‘माथेमा कार्यदलको प्रतिवेदनको जगमा छलफल पश्चात डा.केसीका माग पूरा गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विधेयक तयार गरी संसद्मा प्रस्तुत गरेको थियो । तर, संसदीय प्रक्रियामार्फत टुङ्गो लाग्ने परिस्थिति निर्माण हुन नसकेपछि देउवा सरकारले अध्यादेश जारी गरेर डा.केसीका मागहरु सम्बोधन गरेको थियो ।’

वर्तमान सरकारले अध्यादेशको हुबहु कार्यान्वयन नगर्दा कांग्रेसले जारी गरेको अध्यादेशको मूल आत्मा रक्षाका लागि संसद् अवरोधसम्म गर्नुपरेको र डा.केसी जुम्ला पुगेर पुनः अनशन गर्नुपरेको कांग्रेसले जनाएको छ ।

‘संसदमा कांग्रेसको दबाब, डा.केसीको अनशन र देशव्यापी नागरिकको प्रदर्शन पश्चात अन्ततः वर्तमान सरकारपछि हट्न बाध्य भयो, डा.केसीसँग सम्झौता भयो, संसद्मा प्रस्तावित विधेयकलाई संशोधन गरेर अघि बढ्ने समझदारी बन्यो’ प्रवक्ता शर्माले भने ।

तर संसद्को शिक्षा तथा स्वास्थ्य समितिमार्फत त्यो सम्झौता खण्डीत हुन पुगेको र प्रधानमन्त्रीकै अग्रसरता र बचनको सम्झौता इमान्दारीपूर्वक कार्यान्वयन हुन नसक्नु अत्यन्तै दुःखद र दुर्भाग्यपूर्ण भएको उनको टिप्पणी थियो ।

प्रवक्ता शर्माले भने, ‘तत्कालै सहमतिमा फर्कने या चौतर्फी दबाब पर्खने प्रधानमन्त्रीका सामुन्ने दुई विकल्प छन्, विषयलाई गम्भीरतापूर्वक लिन हामी अपिल गर्न चाहन्छौँ, डा.केसीको स्वास्थ्य स्थिति जटिल बन्दै गएको बेला सरकार संवेदना शून्य ढङ्गले समाधानको विपरित अघि बढ्न खोज्नु दुःखद र निन्दनीय छ, तत्काल पुराना सहमतिमा फर्कन र समाधानमा पुग्न सरकारलाई सचेत गराउन चाहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस