१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टिमुरको तेल विदेशमा पनि

अ+ अ-

सल्यान । सल्यानको शारदा नगरपालिका–१५ मा गएको ३ वर्षदेखि सञ्चालनमा आएको माँ लक्ष्मी हर्बल उद्योगले टिमुरबाट तेल उत्पादन गर्दै आएको छ ।

उत्पादित उक्त तेलको माग स्वदेशसँगै विदेशमा पनि बढ्न थालेको छ । गत वर्ष मात्र प्रतिकिलो १० हजारदेखि १३ हजारसम्मका दरले टिमुरको तेल काठमाडौँ पठाएको उद्योग सञ्चालक हरिप्रसाद न्यौपानेले जानकारी दिए ।

गएको वर्ष ६०० किलो टिमुरको तेल प्रशोधन गरिएकामा यस वर्ष भने तेलको माग बढेपछि झण्डै एक हजार १०० किलोसम्म तेल प्रशोधन गर्ने योजनामा रहेको उनले बताए । ‘गएको वर्षभन्दा यस वर्ष टिमुरको तेलको मूल्य पनि बढेको छ, यस वर्ष टिमुरको तेल प्रतिकिलो रु १७ हजारका दरले ४०० किलो काठमाडौँ पठाइसकेका छौँ’, सञ्चालक न्यौपानेले भने ।

‘उद्योग शुरु गर्दा आम्दानी गर्न सकिँदैन की भन्ने चिन्ता भए पनि विगत तीन वर्षमा राम्रो आम्दानी भएको र अहिले जिल्लाभित्रका टिमुर उत्पादन हुने क्षेत्रबाट टिमुर सङ्कलन गरी प्रशोधन गरिरहेका छौँ, उद्योगलाई धान्न सक्ने टिमुरको उत्पादन जिल्लामै हुने भएकाले पनि सजिलो भएको छ’, उनले भने । उक्त उद्योगमा सबैभन्दा बढी छत्रेश्वरी गाउँपालिकाबाट टिमुर आउने गरेको छ ।

उद्योग सञ्चालन गर्न जिल्ला वन कार्यालयले आर्थिक सहयोगका साथै टिमुर ग्रेडिङ गर्ने उपकरण उपलब्ध गराएको, प्रधानमन्त्री कृषि कार्यक्रम परियोजनाले मसला उद्योगका लागि सहयोग गरेको र घरेलु व्यवसाय सञ्चालन गर्न सबैबाट सहयोग पाइएकाले काममा सहज भएको उनले बताए । एक क्विन्टल टिमुरबाट ४ किलो तेल उत्पादन हुने न्यौपानेको भनाइ थियो ।

यहाँ उत्पादन गरिएको टिमुरको तेल काठमाडौँमा व्यापारीसम्म पठाउने गरिएको र व्यापारीले फ्रान्सलगायतका विभिन्न देशमा तेल पठाउने गरेको अर्का उद्योग सञ्चालक तथा सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर चलाउनेले बताए । ‘प्रशोधित टिमुर र टिमुरको तेल हामीले चौधरी ग्रुपलाई बेच्ने गरेका छौँ, चौधरी ग्रुपले नै तेल विदेश पैठारी गर्ने र आफूले समेत उपयोग गर्ने गरेको छ’, अध्यक्ष चलाउनेले भने । सल्यानका वनगाड कुपिण्डे नगरपालिकाको ९ र १२ छत्रेश्वरी गाउँपालिकाको १, २ र ४ र बागचौर नगरपालिकाको ७, ८ र १२ वडामा व्यावसायिक रुपमा टिमुर उत्पादन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस