१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दार्चुला–तिङ्कर सडक : दश वर्षमा ३२ किमी साधारण बाटो खुला

अ+ अ-

दार्चुला । केन्द्रीय सरकारकारको महाकाली करिडोर योजना अन्तर्गत दार्चुला– तिङ्कर सडकको १० वर्षमा ३२ किलोमिटर साधारण बाटो खुला गरिएको छ । उक्त बाटोका लागि रू तीस करोड १७ लाख बजेट छुट्याइएको थियो ।

सात महीनाअघि गत असार १० गते बझाङ जिल्लाको कालाङगाड जलविद्युत् आयोजनाबाट विष्फोटक पदार्थ आइसकेपछि विजयपुरका सबै स्थानमा साधारण बाटो खुलेसँगैे व्यास गाउँपालिकाको वडा नं ६ हुतीसम्म बाटो जोडिन पुगेको छ ।

सडक हुतीको वडा कार्यालयसम्म पुगेकाले स्थानीयवासीले बाटो निर्माणमा सम्लग्न पदाधिकारीलाई सम्मान पनि गरेका थिए । व्यासको तङ्ले भीरबाट हुतीसम्म सडक पुग्न झण्डै एक महीना भन्दा बढी समय लाग्यो । खलङ्गादेखि हुती ३२ किलोमिटर पर्छ । साधारण बाटो खुलेसँगै हुतीमा ट्याक्टर तथा मोटरसाइकल पनि पुगेको छ । सडकको थोरै सुधार हुर्नेबित्तिकै खलङ्गादेखि हुतीसम्म नियमित जिप सञ्चालन हुन थालेकोे व्यास गाउँपालिका वडा नं ६ का वडाध्यक्ष मनोज कुँवरले बताए ।

‘ट्याक्टर चल्न थालेका छन्, ट्याक्टरबाटै तेल ढुवानी भइरहेको छ । थोरै सुधार गर्ने हो भने नियमित जिप सञ्चालन गर्न सकिन्छ’, उनले भने । विजयपुरदेखि माथिल्लो क्षेत्रमा अहिले महालक्ष्मी कन्सट्रक्सनले सडक खन्ने काम गरिरहेको छ । व्यास गाउँपालिकाको सुनसेरासम्म १ महीनाभित्रै सडक पुर्‍याउने गरी कामको गति बढाइएको निर्माण व्यवसायी बालमुकन्द नेपालले जानकारी दिए । धौलाकोट क्षेत्रमा सडक खन्न केही अप्ठ्यारो देखिएको छ । हुतीबाट धौलाकोटसम्म पुग्न झण्डै छ किलोमिटर बाटो भए पनि धौलाकोटको सिलाजित भीरमा काम गर्न समस्या भएको निर्माण व्यवसायी नेपालले बताए । उक्त क्षेत्रको चट्टान काट्न कम्प्रेसर उपकरण मगाइएको छ ।

धौलाकोटको भीर काट्नेबित्तिकै सजिलै सुनसेरासम्म सडक पुग्छ, व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकीले भने, ‘हुतीबाट सुनसेरा सडक पुग्न १२ किमी छ । गाउँपालिका केन्द्रसम्म मात्रै गाडी गुडाउन सकिए पनि व्यासका वडा नं ३, ४, ५ र ६ का नागरिकलाई आवत जावतमा सहज हुन्छ ।’

अहिले सडकको काम तीव्र गतिमा भइरहेका कारण स्थानीयवासी पनि सुनसेरासम्म गाडी गुड्नेमा ढुक्क छन् । दुहुँ गाउँपालिकासम्म गाडी गुड्न थालेको छ, व्यासको सुनसेरासम्म सडक पुग्यो भने त्यहाँका बासिन्दाको गाडी चढ्ने सपना पूरा हुने दिन धेरै टाढा छैन, व्यास गाउँपालिका–४ सुनसेराका कमलापति भट्टले भने ।

कच्ची सडक भए पनि आफ्नो देशकै बाटो भएर यात्रा गर्न पाइएला । सुनसेरासम्म गाडी पुग्नेबित्तिकै व्यास–२ मालका वासीन्दालाई समेत नेपालबाटै सामान ढुवानी गर्न सहज हुने उनको भनाइ थियो । ‘आफ्नो देशको भूमिमा सडक नहुँदा भारतीय भूमि भएर यात्रा गर्नुपरेको तीतो यथार्थ बिर्सिन कहाँ सकिएला र’ भटृले भने, ‘अर्काको देशमा गएर गाडी चढ्नुपर्दा डोट्याल भनेर हेप्छन्, त्योभन्दा आफ्नै भूमि भएर आवतजावत गरौँ भन्ने इच्छा साकार हुने भयो ।’

निर्माण व्यवसायीले अहिलेकै गतिले काम गरे सुनेसरासम्म यो आर्थिक वर्षभित्र नियमित गाडी गुडाउन सकिन्छ, दार्चुला तिङ्कर सडक योजनाका इञ्जिीनियर दिनेश रैखोलाले भने, ‘विगतमा राताकाठा र विजयपुरभीरले समय खायो । अहिले त्यस्तो अप्ठ्यारो अवस्था छैन । धौलाकोटको भीर काट्नेबित्तिकै सहज रूपमा सुनसेरासम्म गाडी पुर्‍याउन सकिन्छ ।’ झण्डै अढाइसय मिटर लम्बाइ रहेको विजयपुरभीर सडकको बाटो खुलाउन ठेक्का अवधिको हिसाबमा ४ वर्ष लाग्यो । विगतमा विष्फोटक पदार्थ अभाव र निर्माण व्यवसायीको लापरवाहीका कारण पनि केही ढिलाइ हुन गयो । अहिले स्थानीय सरकार, जनप्रतिनिधिको निरन्तर पहल र दबाबले निर्माण व्यवसायी पनि काम गर्न खोज्दैछन् ।

सडक सञ्जालमा नजोडिएको दार्चुलाको उत्तरी सीमाको व्यास गाउँपालिकाको केन्द्रसम्म अब गाडी गुडाउन त्यति समस्या छैन । अहिले सडक गाउँपालिका केन्द्रसम्म पुर्‍याउन पहल भइरहेको गाउँपालिका अध्यक्ष बुढाथोकीले बताए । स्थानीयवासीको पहिलो प्राथमिकता भनेकै तिङ्कर सडक हो उनले भने, सडक नहुँदा महाकालीमाथि तुइनको प्रयोग गर्नुपर्ने अवस्था केही हदसम्म अन्त्य गर्न सडकलाई प्राथमिकता दिएका छौँ ।

तिङ्कर सडक योजनाका इञ्जिनीयर रैखोला तिङ्कर सडकको अहिले टेण्डर स्वीकृत भएको व्यास गाउँपालिकाको वडा नं २ माल गाउँसम्म सडक पु¥याउन समस्या नरहेकोे बताए ।

आर्थिक वर्ष २०६५ बाट शुरु भएको यो सडक पहिलो गुरुयोजना अनुसार यसै आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने हो तर पछिल्लो समय महाकाली करिडोरमा सडक गाभिएपछि यो सडकको समयावधि २०७९ पुर्‍याइएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलासम्म करिडोरको कूल लम्बाइ २९१ किलोमिटर छ । यसअघि दार्चुला तिङ्कर सडक खलङ्गा जिरो प्वाइन्टदेखि तिङ्कर सीमा क्षेत्रसम्म १३५ किलोमिटर निर्माण गर्ने योजना थियो ।

प्रतिक्रिया दिनुहोस