१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फ्रान्स र थाइल्याण्डका लागि २ राजदूतको नाम सर्वसम्मत अनुमोदन

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा, संसदीय सुनुवाइ समितिले दुई प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

समितिका सभापति लक्ष्मणलाल कर्णको अध्यक्षतामा आज यहाँ बसेको समितिको बैठकले प्रस्तावित राजदूत फ्रान्सका लागि दीपक अधिकारी र थाइल्याण्डका लागि गणेशप्रसाद ढकाललाई सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । प्रस्तावित राजदूतद्वय अधिकारी र ढकाल परराष्ट्र मन्त्रालयका सहसचिव छन् । बैठकमा प्रस्तावित राजदूतद्वयले ती देशमा राजदूत भएर गएपछि आफूले सम्पादन गर्ने आआफ्ना कार्ययोजना प्रस्तुत गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाल’ बनाउने सरकारको प्रमुख लक्ष्य हासिल गर्न सहयोग गरिने प्रतिबद्धता जनाएका थिए ।

समितिका सदस्य सुरेन्द्रप्रसाद पाण्डे, जीतेन्द्रनारायण देव, पूर्णकुमारी सुवेदी, भीमसेनदास प्रधान, शिवकुमार मण्डल र पार्वत गुरुङले आर्थिक कूटनीतिमा ध्यान दिई नेपालमा थाइल्याण्ड र फ्रान्सको थप लगानी ल्याउनका लागि पहल गर्न प्रस्तावित राजदूतद्वयलाई सुझाव दिएका थिए ।
छाउपडी बस्न बाध्य बनाउनेलाई कारवाही

महिला तथा सामाजिक समितिले छाउपडी बस्न बाध्य बनाउने व्यक्ति, समूह वा कुनै पनि संघसंस्थालाई कानूनको दायरामा ल्याई कारवाही गर्न गृह र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देश दिएको छ ।

‘छाउपडी प्रथा अन्त्यका लागि सचेतना अभिवृद्धि गर्ने कार्यलाई प्रभावकारी बनाउन’ सिंहदरबारस्थित समितिको कार्यालयमा आज आयोजित बैठकमा समितिले तसर्थ, छाउपडी बस्न बाध्य बनाउने, यस्ता कुरीतिलाई कुनै पनि रुपमा प्रवर्द्धन गर्न खोज्ने सबैको पहिचान गरी तत्काल प्रचलित कानूनको दायरामा ल्याई कारवाही गर्न÷गराउन, कानूनी परिपालनामा शून्य सहनशीलता अपनाउन ती मन्त्रालयलाई निर्देशन दिएको हो ।

फौजदारी संहिताको दफा १६८ को उपदफा ९३० ले छाउपडी प्रथालाई वैधानिक रुपमा अपराध घोषणा गरी दण्डनीय बनाए तापनि हालसम्म छाउगोठमा बस्न बाध्य पार्ने कसैलाई पनि कारवाही भएको पाइँदैन । समितिको बैठकले छाउपडीसम्बन्धी विद्यमान कानूनी व्यवस्थाको जानकारी प्रवाह गर्न समय लाग्न सक्ने देखिएको सन्दर्भमा तत्कालिक रुपमा छाउ महिलाको जीवनरक्षाका लागि र बाँच्न पाउने अधिकारको सम्मानका लागि पनि तत्काल छाउ महिलाको सुरक्षाको प्रत्याभूति र सोको वातावरण बनाउन महिला मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकले हालै बाजुरामा छाउगोठ बसेका बेलामा ज्यान गुमाएका अम्बा बोहरासहित २ छोराका सम्बन्धमा घटनाको वस्तुस्थिति, स्थानीय प्रशासनले सो सम्बन्धमा गरेका कामकारवाही, सचेतनाको अवस्था, छाउपडी विद्यमान रहनु पछाडिका कारण, कानूनी व्यवस्था कार्यान्वयन नहुनाका कारणलगायत विषयमा स्थलगत अध्ययन गर्न छ सदस्यीय अध्ययन टोलीसमेत गठन गरेको छ । समितिले यही माघ १० देखि १५ गतेसम्म स्थलगत अध्ययन भ्रमण गर्नेछ ।

सोही अवसरमा महिलामन्त्री थममाया थापाले पहिलेको तुलनामा छाउपडी बस्ने प्रथामा कमी हुँदै गएको बताउँदै भएका ऐनकानूनको कार्यान्वयनसँगै सचेतनामार्फत छाउपडी प्रथाको अन्त्य गर्ने अभियानमा सरकार लागिपरेको बताए । समितिका सदस्य हीरा गुरुङ, लक्ष्मी परियार, ध्रुवकुमार शाही, गङ्गा चौधरी र नारायणप्रसाद खतिवडाले छाउपडी अन्त्य गर्ने सम्बन्धमा सरकारले नै सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस