१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

अ+ अ-

काठमाडौं । सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

पहिलो चरणमा अत्यावश्यक देखिएका विभिन्न आठ स्थानमा लाइट राख्ने काम थालिएको र अन्य क्षेत्रमा प्राथमिकताको आधारमा बत्ती जडान गरिने विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिए । गौतमका अनुसार पुतलीसडक, मित्रपार्क, गौशाला, पुरानो बानेश्वर, कालीमाटीलगायत क्षेत्रमा भने निर्माणको क्रम जारी रहेको छ । केही ठाउँमा नयाँ बत्ती राखिने र केही ठाउँमा पुनानै जडान भएकालाई मर्मत गरेर सञ्चालन गर्ने गौतमले बताए ।

उपत्यकाका अत्यावश्यक ३० देखि ३५ स्थनमा पहिलोचरणमा लाइट जडान गरिने विभागले जनाएको छ । अत्याधुनिक प्रविधिसहितको ‘इन्टेलिजेन्स ट्राफिक लाइट’का विषयमा समेत आवश्यक छलफल अगाडि बढाएको विभागले जनाएको छ । एक चरण ट्राफिक प्रहरी र सडक विभागका प्रतिनिधिबीच छलफल भएर यसका लागि प्रक्रिया अघि बढेको जानकारी दिँदै गौतमले यो प्रविधि उच्चस्तरको भएकाले केही वर्ष लाग्ने हुँदा तत्कालका लागि भने पुरानैलाई मर्मत गरेर वा सोही क्षमताका लाइट राख्न थालिएको जानकारी दिए ।

उपत्यकाको कुन कुन ठाउँमा ट्राफिक लाइट राख्ने हो सो विषयमा जानकारी माग गरेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्राथमिकताको आधारमा लाइट राख्ने स्थान तय गरेर सडक विभागमा बुझाएको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए । सडक विभागले तीन वर्ष अघि गरेको अध्ययन प्रतिवेदनलाई नै आधार मानेर प्राथमिकीकरण गरी मन्त्रालयमा पेश गरिएको उनको भनाइ छ ।

सडक विभागको प्रतिवेदनमा उपत्यकाको १३९ स्थानमा ट्राफिक लाइट राख्नुपर्ने उल्लेख छ । त्यसलाई प्राथमिकीकरण गरी पहिलो चरणमा अत्यावश्यक देखिएको मुख्य चोकको ३५ स्थानमा बत्ती राख्नुपर्ने आवश्यकता रहेको भनी लेखेर पठाएको महाशाखा प्रवक्ता सापकोटाले जानकारी दिए ।

दोस्रो चरणमा ३८ स्थान र तेस्रो चरणमा ७० स्थानमा बत्ती राख्ने निष्कर्षसहित प्रक्रिया अघि बढेको महाशाखाको भनाइ छ ।’अब अत्याधुनिक ट्राफिक बत्ती राख्ने विषयमा प्रक्रिया शुरु भयो, सापकोटाले भने, ‘मन्त्रालयले यकिन गरेपछि वोलपत्र आह्वानतर्फ जान्छ ।’

अहिले उपत्यकाको एक केही स्थानबाहेकका क्षेत्रमा ट्राफिक बत्ती छैन । जसका कारण ट्राफिक प्रहरीले हातको सङ्केतले यातायात आवागमनको व्यवस्थापन गर्दै आएको छ । दुईपट्टि प्रहरी बस्दा एक जनाले जान सङ्केत गर्ने र अर्कोले रोक्न सङ्केत गर्ने अवस्थासमेत दोहोरिने हुँदा मनवीय नियन्त्रणले दुर्घटनाको जोखिम बढ्छ । प्रहरीका अनुसार उपत्यकाका २० स्थानमा ट्राफिक लाइट जडान छ ।

प्रतिक्रिया दिनुहोस