१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बन्दरगाह निर्माणबाट व्यापार सञ्जाल विस्तार हुन्छ : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रियस्तरको सुख्खा बन्दरगाहले अन्तर्राष्ट्रिय तहको व्यापारिक कारोवारको सञ्जाल विस्तार गर्ने बताएका छन् ।

चोभारस्थित सुक्खा बन्दरगाहको शिलान्यासका क्रममा प्रधानमन्त्री ओलीले चोभारमा निर्माण गर्न लागिएको उक्त बन्दरगाह सञ्चालन भएपछि निकासी पैठारी सहज हुने बताए ।

मुलुकमा आर्थिक विकास र समृद्धिका लागि उत्पादन वृद्धि गर्नुपर्ने बताउँदै उनले विज्ञान प्रविधिको प्रयोग गरी जनताको सिप अभिवृद्धि गर्न सकेमा उनीहरुले गर्ने उत्पादनले आयात प्रतिस्थापन गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘यो सरकार जनताको हो, उनीहरुको आर्थिक विकास तथा उन्नतिका लागि विकास निर्माणका कार्यलाई अगाडि बढाउछ, स्थानीयवासीको जायज माग सरकारले पूरा गर्छ ।’

उनले सरकार गठनको पहिलो वर्ष संविधान कार्यान्वयनका लागि धेरै कानून निर्माण भएको, देशको परिवर्तित संरचनाअनुसार अधिकार, स्रोत, जिम्मेवारी बाँडफाँडका लागि आवश्यक नियम कानून निर्माण भएकाले गत वर्षको भन्दा धेरै व्यवस्थित बजेट बनाउनका लागि गृहकार्य शुरु भएको उल्लेख गरे ।

अर्थमन्त्री डा युवराज खतिवडाले उक्त बन्दरगाहले उत्पादन लागत तथा यातायात लागत घटाउन सहयोग पुर्‍याउने विचार व्यक्त गरे । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले अन्तर्राष्ट्रियस्तरको उक्त बन्दरगाहको निर्माण भएपछि स्थानीय क्षेत्र तथा त्यस आसपासमा आर्थिक गतिविधि बढ्ने र स्थानीयवासी लाभान्वित हुने विचार व्यक्त गरे ।

सोही मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले उक्त बन्दरगाहले भारतका तीन तथा चीनका ४ बन्दरगाहका वस्तु तथा सामग्रीलाई एकैपटक ल्याएर व्यवस्थापन गर्न सकिने जानकारी दिँदै व्यवसायीलाई भन्सारलगायत अन्य शुल्क सोही स्थानबाट बुझाउन सकिने बताए ।

साविक हिमाल सिमेन्ट कम्पनी रहेको उक्त स्थानमा करीब रु २ अर्ब लगानीमा करीब डेढ वर्षको अवधिमा निर्माण पूरा गरिने छ । यसैबीच बन्दरगाह निर्माणमा अवरोध पुर्‍याउने ५४ स्थानीयवासीलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस