१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजधानीका विषयमा मतान्तर नगरौँ : कांग्रेस

अ+ अ-

रुपन्देही । नेपाली कांग्रेसका नेताहरुले प्रदेश नं– ५ को स्थायी राजधानी तोक्ने विषयमा मतान्तर नगर्न आग्रह गरेका छन् । उनीहरुले शान्तिका अग्रदूतको जन्मस्थान लुम्बिनी भएकाले यो ठाउँलाई सबै जिल्लासँग जोडेर समृद्ध प्रदेश निर्माण गर्न बुटवल राजधानी उपयुक्त भएको बताए ।

संविधान कार्यान्वयन, सुशासन, शान्ति सुरक्षा एवं प्रदेश नं ५ को स्थायी राजधानी र नामकरणको माग गर्दे काङ्ग्रेस रुपन्देहीले आज बुटवलमा आयोजना गरेको खबरदारी सभामा नेताहरुले प्रदेश राजधानी बुटवल र नामकरण लुम्बिनी राख्नुको विकल्प नभएको बताए । कांग्रेसकाका केन्द्रीय सदस्य तथा दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रदेश नं– ५ को विकास समृद्धिका लागि स्थायी राजधानी बुटवल नै उपयुक्त हुने बताए ।

बुद्धको जन्मस्थलबाट नेपाल विश्वमा चिनिएको बताउँदै उनले यही स्थानमा राजधानी बनाउन नसकिए प्रदेशका लागि दुर्भाग्य हुने बताए । कांग्रेसले हचुवाको भरमा बुटवललाई स्थायी राजधानी बनाउन माग गरेको छैन, उनले भने, ‘प्राकृतिक, भौगोलीक सबै हिसाबले बुटवल ठिक छ, यहाँबाट सार्ने षड्यन्त्र नहोस् ।’

केन्द्रीय सदस्य चन्द्र भण्डारीले पहाड र तराईलाई जोड्ने काम गरेकाले बुटवल राजधानी सही हुने जिकिर गर्नुभयो । अर्का केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले कांग्रेस नेतृत्वको सरकारले बुटवललाई अस्थायी राजधानी तोकेको एक वर्ष हुँदा पनि स्थायी राजधानी नतोकिनु गैर जिम्मेवारी भएको तर्क गरे ।

प्रदेशसभा सदस्य रमा अर्यालले दुरगामी प्रभाव हेरेर छिटो प्रदेश राजधानीको टुङगो लगाउनुपर्ने बताए । दलका नेता बलदेव शर्मा पोखरेलले संसद्मा प्रतिपक्षको हैसियमा सशक्त भूमिका निर्वाह गरेको धारणा राखे। सभामा कांग्रेसका जिल्ला अध्यक्ष अब्दुल रज्जाक, भुवन श्रेष्ठ, विष्णु मुस्कान, नगर अक्ष्यक्ष खेलराज पाण्डे, जिल्ला नेता रामकृष्ण खाँण लगायतले लुम्बिनी प्रदेश र स्थायी राजधानी बुटवलका लागि काङ्ग्रेसले निरन्तर खबरदारी गर्ने बताए ।

अस्थायी राजधानी घोषणाको वर्षगाँठको अवसर पारेर आयोजना गरिएको खबरदारीसभा अघि बुटवलको राजमार्ग चौराहबाट वृहत् र्‍याली निकालिएको थियो । यसअघि माघ ३ गतेकै दिन कांग्रेस सभापति शेरबहादर देउवा प्रधानमन्त्री भएका बेला बुटवललाई प्रदेश नं ५ को अस्थायी राजधानी घोषणा गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस