१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यसै वर्ष रोल्पाका सबै घर उज्यालिन्छ : मन्त्री पुन

अ+ अ-

रोल्पा । उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले यसै वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुने बताएका छन् । बिहीबार रोल्पाको थवाङमा आयोजित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटनका क्रममा मन्त्री पुनले सो कुरा बताएका हुन् ।

स्थानीय नदीनालाबाट उत्पादन हुने उर्जा र वैकल्पिक ऊर्जासमेत प्रयोग गरी जिल्लालाई अँध्यारोमुक्त बनाउने गरी काम थालनी गरेका छौँ मन्त्री पुनले भने । ‘जिल्लाका लुङ्ग्री, माडीजस्ता नदीबाट विद्युत् उत्पादन हुने गरी सम्भाव्यता अध्ययन भइसकेकाले उत्पादनको काम अगाडि बढाउँछौँ’, मन्त्री पुनले भने ।

हरेक वडामा विद्युत् विस्तार गर्ने गरी चालू आवमा रु २९ करोडको टेण्डर भइसकेको उनले जानकारी दिँदै उनले थप रु ३२ करोडको अर्को टेण्डर गर्ने गरी प्रक्रिया अगाडि बढेको छ भने ।

जिल्लाका सबै विद्यालय, स्वास्थ्य संस्था र मठमन्दिरमा वैकल्पिक ऊर्जाको रुपमा सौर्य उर्जालाई प्राथमिकताका साथ अगाडि बढाइएको छ भन्दै मन्त्री पुनले यस जिललामा सुन, तामा तथा मार्वलका खानीसमेत रहेकाले निजी क्षेत्रको लगानीमा उत्खनन्को प्रक्रिया पनि बढाइने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस