९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन शुरु

अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि शुरु भएको छ ।

प्रदेश सभा भवन धनगढीमा शुरु भएको बैठकको प्रारम्भमा दिइएको विषेश समयमा बोल्ने सत्ता पक्ष र प्रतिपक्षका सदस्यले संघीयता कार्यान्वयन र प्रदेशको समृद्धिका लागि देखिएका कमीकमजोरी एवं ढिलाइप्रति चिन्ता व्यक्त गरेका छन् ।

प्रतिपक्ष नेपाली कांग्रेसका डा.रणबहादुर रावल र भरतबहादुर खड्काले प्रदेश सभा बैठक ‘बिजनेस’ विहीन भएकाले जनतामा निराशा छाएको भन्दै प्रदेश सरकार समयमै गम्भीर बन्न जरुरी रहेको बताए । सङ्घीयतालाई सफल बनाउनुको विकल्प नरहेको भन्दै उनीहरुले सच्चिएर अगाडि बढ्न नसकेमा दूरगामी प्रभाव पार्नेतर्फ सचेत गराए ।

सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तारालामा तामाङ, वीरमान चौधरी र मानबहादुर धामीले संघीय व्यवस्थालाई कार्यान्वयन गर्न देखिएका कमीकमजोरीको सुधार गर्न सबैबाट आ–आफ्नो भूमिका निर्वाह हुनुपर्ने बताए । सत्ता पक्ष र प्रतिपक्षबीच सहकार्य गरेर अघि बढ्न सके राजनीतिक परिवर्तनको सार्थकता रहने भन्दै उनीहरुले बदलिँदो परिवेशमा कर्मचारी अभाव लगायतका कठिनाइका कारण सरकारले सोचेअनुसार धेरै काम गर्न नसकेको विषलाई ठूलो मुद्दा नबनाउन आग्रह गरे ।

राष्ट्रिय जनता पार्टीका मालामतिकुमारी रानाथारूले बलात्कार हत्याजस्ता आपराधिक घटना बढ्दै गए पनि सरकारले सुरक्षा दिन नसकेको आरोप लगाए । बैठकमा बोल्ने प्रतिपक्षका सदस्यले सूचना माग गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही दिनअघि पुगेका दुई जना पत्रकारमाथि कार्यालयका प्रमुख सचिवबाट दुर्वव्यवहार भएको भन्दै उक्त घटनाको विरोध जनाए । उनीहरुले पत्रकारलाई सूचनाको हक पाउने अधिकारबाट वञ्चित नगर्न आग्रह गरे ।

बैठकको प्रारम्भमा सभामुख अर्जुनबहादुर थापाले हिउँदे अधिवेशन आह्वानसम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रको व्यहोराबारे जानकारी गराएका थिए । अर्को बैठक यही माघ ११ गते बस्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस