१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षक कारवाहीको कानून बन्दैछ : मन्त्री बाँस्कोटा

अ+ अ-

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउने सामुदायिक विद्यालयका शिक्षकलाई कारवाही गर्न कानून निर्माण हुँदै गरेको बताएका छन् ।

भुम्भु गाउँपालिका–८ भुम्लुटारस्थित प्रकाश माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन तथा हस्तान्तरण समारोहमा मन्त्री बाँस्कोटाले भने, ‘आफ्ना बालबालिका निजी विद्यालयमा पढाएर सामुदायिक विद्यालयमा काम गर्ने शिक्षकलाई कारवाही गर्ने कानून बनाउन छलफल हुँदैछ, छिट्टै कानून बनाउँदैछौँ ।’उनले सरकारले समुदायिक विद्यालयमा गुणस्तरीयता ल्याउनसमेत अठोट गरिसकेको बताए ।

मन्त्री बाँस्कोटाले विद्यालय राजनीति गर्ने, हिंसा तथा द्वन्द्व निम्त्याउने थलो नभएको बताए । उनले विद्यालय भविष्य बनाउने केन्द्र भएको बताउँदै “आ–आफ्नो आस्था होला, तर शिक्षकले विद्यालयमा राजनीति गर्न पाईंदैन, भविष्य बनाउने केन्द्रमा भविष्यका कर्णधारलाई गुणस्तरीय शिक्षा दिनुपर्छ’ भने ।

मन्त्री बाँस्कोटाले सामुदायिक विद्यालयमा गुणस्तरीयतासँगै विद्यार्थी भर्ना बढेपछि निजी विद्यालयबाट धेरै जनाताको पैसा लिएर अर्बौँ कमाउने सीमित व्यक्तिको युगको अन्त्य हुने बतारुए । उनले भने ‘अबको भर्ना अभियानमा हाम्रो कक्षामा सीमित सिट बाँकी छ भन्नेछौँ, साुमदायिक विद्यालयमा भर्ना गर्न नपाएपछि मात्रै निजीमा जाने बातावरण तयार हुन्छ ।’

मन्त्री बाँस्कोटाले जनताले मलाई बाटो, पुल खोइ भनेर सोधे ‘बन्दैछ’ भनिदिन्छु भने । ‘सरकारले आफ्नो ट्र्याक समातिसक्यो, अब विकासको रफ्तार बढ्दै जानेछ, कहिँकतै कमी भए तपाईहरु तत्काल मलाई भन्नुस्’उनले भने ।

प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले निर्वाचनको प्रतिबद्धताअनुसार विकासका काम भइरहेकाले निर्माण भइसकेका भौतिक संरचना सुरक्षित तवरले उपयोग गर्न आग्रह गरे। भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले भ्रष्टाचारमुक्त विकासमा आफ्नो गाउँपालिका लागिपरेको दाबी गरे ।

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाई शिक्षाका प्रमुख इमनारायण श्रेष्ठले एशियाली विकास बैंक ९एडीबी०को ऋण सहयोगमा प्रकाश माविको नवनिर्मित छ कोठे तीनवटा भवन तथा शौचालय रु ५ करोड ७५ लाखको लागतमा निर्माण भएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस