८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीको मालिका गाउँपालिकाका सबै वडामा हेलिप्याड

अ+ अ-

म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको मालिका गाउँपालिकाका सबै वडामा हेलिकप्टर अवतरण गर्ने स्थान (हेलिप्याड) निर्माण भएको छ ।

गाउँपालिकाले सुरक्षा निकाय, वडाका जनप्रतिनिधि, युवा क्लब र आमा समूहको सहयोगमा सातै वडामा हेलिप्याड बनाएको उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिइन् । निस्कोट, रुम, देवीस्थान र बिमको डाँडागाउँमा स्वास्थ्यचौकीको भवन नजिकै हेलिप्याड बनाइएको छ ।

यसैगरी डाँडागाउँमा वडा कार्यालय परिसर, ओखरबोटको ओखरबोट मावि परिसर र दरवाङको छ्यारछ्यारेमा हेलिप्याड निर्माण गरिएको छ । सशस्त्र प्रहरी बलको गलेश्वर बेसक्याम्प, नेपाल प्रहरी, जनप्रतिनिधि, युवा क्लब र आमा समूहका प्रतिनिधिले ढलान गरेर ‘एच’ आकारसहितको हेलिप्याड बनाएका हुन् । हेलिप्याड निर्माणमा नेपाली सेनाको श्रीबक्स गुल्मले पनि प्राविधिक सहयोग गरेको छ ।

भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रका बस्तीमा आकस्मिक बिरामी, दुर्घटना, पहिरो, बाढी कटान, आगलागीको अवस्थामा तत्कालै पुगेर उद्धार तथा व्यवस्थापनको कामलाई सहज बनाउन हेलिप्याड निर्माण गरिएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।

प्रतिक्रिया दिनुहोस