१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्वतमा सुन्तला खरीद गर्न व्यवसायी घरघरै

अ+ अ-

पर्वत । बोटमा सुन्तला पहेँलिन शुरु गरेदेखि यो साता करीब दुई दर्जन व्यवसायी पर्वतको मोदी गाउँपालिका–२ देउपुरका दाताराम चापागाईंको घर पुगिसकेका छन् ।

सबैसँग मोलमोलाई गर्दागर्दै अन्त्यमा उनले पोखराका छत्र पुनलाई सुन्तला बेच्ने गर्ने निधो गरे । सोही ठाउँकी कल्पना चापागाईंले पनि १४ रोपनी बारीको सुन्तला प्रतिकिलो रु ८० का दरले पुनलाई नै बिक्री गरे । विगतका वर्षमा पुसको तेस्रो सातासम्म सुन्तला बिक्री गरिसक्ने यहाँका किसानले यसपटक माघसम्म बोटमै राखेका छन् ।

ढिलासम्म बोटमा राख्दा व्यवसायी घरघरै आउने र मूल्य बढी पाइने भएपछि यहाँका सबैजसो किसानले यसपटक अलि ढिला गरेर बेचेका हुन् । ‘पहिला–पहिला छिट्टै बेचिन्थ्यो, राम्रो भाउ पाउँदैन थियो”, कल्पना चापागाईंले भने, ‘माघसम्म राखे राम्रो भाउ पाइन्छ भनेपछि त्यसै गरियो । अहिले सबैले राम्रो भाउ पायौँ ।’ गत वर्ष रु ५० देखि ६० प्रतिकिलोमा बिक्री गरेका यहाँका अधिकांश किसानले यसपटक रु ८० देखि १०० मा बिक्री भइरहेको बताए ।

बितेका वर्ष मङ्सिर अन्तिम सातादेखि बिक्री शुरु भएर पुसको पहिलो सातासम्म सबैका बोट निख्रिन्थ्यो । शुरु सिजनमै बेच्दा राम्रो भाउ नपाएपछि सबैको सल्लाहमा यो वर्ष एक महीना पछिसम्म सुन्तला बोटमै राखेको अगुवा किसान दातारामले बताए । बोटमा ढिलासम्म राख्दा आगामी सिजनलाई असर पर्ने भन्दै छिट्टै टिप्ने गरेकोमा यो वर्ष प्राविधिककै सल्लाहमा एक महीना ढिलासम्म राखेको किसानले बताएका छन् ।

‘अरू धेरैतिर फागुनसम्म पनि बोटमै राख्दारहेछन’, किसान बाबुराम शर्माले भने, ‘हामीले पनि प्राविधिकसँग सल्लाह गरेरै अहिले ढिलासम्म राखेका हौँ ।’ मङ्सिरमै बिक्री गर्दा गत वर्ष रु ६० मा बिक्री गरेका किसान यो वर्ष प्रतिकिलो रु २० देखि ४० मूल्य बढी पारेकोमा सन्तुष्ट छन् ।

अझ गाउँमै शीतभण्डार भइदिए यहाँको सुन्तला फागुनपछि मात्रै बजार पठाउन सकिने अर्का किसान भूमिराज शर्मा बताउँछन । ‘घरेलु प्रविधिकै भए पनि चिस्यानकेन्द्र भए एक महीना ढिला निकाल्न सकिन्थ्यो’, उनले भने, ‘त्यस्तो व्यवस्था एक्लैले गर्न सकिँदैन, सम्बन्धित निकायले ध्यान दिए हुन्थ्यो ।’ उचित स्याहार, पारिलो जग्गा र उत्तरपूर्वी मोहडामा फैलिएको हुनाले देउपुरमा सुन्तला राम्रो उत्पादन हुँदै आएको छ ।

पातलो र झाङ्गिएका बोट भएकाले यहाँ थोरै बोट हुनेले पनि राम्रो आम्दानी गर्छन् । ‘एउटै सुन्तालाको बोटबाट रु २२ हजार पारेँ’, दातारामले भने, ‘फल पातलो भए पनि भाउ राम्रो पाएकाले पोहोरभन्दा राम्रै पैसा हात पर्‍यो ।’ देउपुरका करीब पाँच दर्जन किसानले मुख्य बालीका रूपमा सुन्तलानै लगाएका छन् । उत्तरपूर्वी मोहडामा ९०० देखि एक हजार ५०० मिटर उचाइमा फैलिएको यहाँको जमीन सुन्तला खेतीका लागि उपयुक्त छ ।

करीब डेढ दशकदेखि सुन्तलाको व्यावसायिक उत्पादन शुरु गरेका उनीहरूले गाउँमै सडक पुगेपछि बल्ल उचित मूल्य पाउन थालेका हुन् । पातीचौरदेखि मैदानसम्म सडक खुलेयता घरघरै व्यवसायी पुगेर सुन्तला खरीद गर्न थालेका हुन् । चालू वर्ष नै मैदानसम्मको सडक कालोपत्रेको काम सकिने भएकाले किसान थप उत्साहित छन् ।

सडक कालोपत्रे भएपछि सुन्तलाको क्षेत्र विस्तार गर्ने योजना रहेको मोदी–२ का वडाध्यक्ष विकास तिमिल्सिनाले बताए । सुन्तलाखेती विस्तार र बिक्रीमा सहजताका लागि देउपुरका पाँच दर्जन किसानले माछापुच्छ्रे सुन्तला उत्पादक कृषि सहकारीसमेत स्थापना गरेका छन् । अहिले सहकारीमा सदस्यको सङ्ख्या ७२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस