काठमाडौँ । लोक सेवा आयोगले संघीय निजामती सेवा विधेयकबारे आफ्नो परामर्श पठाएको छ ।
सोमबार बसेको आयोगको बैठकले आयोगको परामर्शसहित विधेयक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको छ ।
परामर्शसहितको विधेयक प्राप्त भइसकेको र समावेश गर्नुपर्ने विषयहरू समावेश गरी छिट्टै मन्त्रिपरिषद्बाट संसद् पठाउने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले प्रशासनलाई बतायो ।
उच्च स्रोतका अनुशार लोक सेवाले विधेयमा व्यवस्था भएका सचिवको क्लष्टरिङ हटाउने,उमेर हदलगायत विषयहरुमा राय पेश गरेको बुझिएको छ ।
यसबाहेक विधेयकका अन्य केही व्यवस्थाहरूमा पनि आयोगले आफ्ना सुझावहरू पेस गरेको छ ।