८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिउँले गाउँ जाने बाटो पुरिएपछि अलपत्र गुर्जाली

अ+ अ-

गलेश्वर । एक साताअघि काम विशेषले बेँसी झरेका म्याग्दी धौलागिरि गाउँपालिका–१ गुर्जाका बासिन्दा बाक्लो हिमपातका कारण गोरेटो बाटोसमेत पुरिएपछि घर फर्कन नसक्दा बीच बाटोमा नै अलपत्र परेका छन् ।

लुलान र गुर्जाका सिमानामा पर्ने देउरालीको करीब तीन किलोमिटर क्षेत्रमा चार फिटसम्म हिउँ जमेपछि बाटो अवरुद्ध भएको हो । घना जङ्गल रहेको सो क्षेत्रमा बाटो नपाएपछि २० भन्दा बढी गुर्जावासी मुना र लुलानमा नै बस्नुपरेको धौलागिरि गाउँपालिका–१ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता झकप्रसाद छन्त्यालले बताए ।

अध्यक्ष छन्त्यालका अनुसार, बीच बाटोमा अलपत्र परेका व्यक्तिले गाउँमा रहेका आफन्तसँग समेत सम्पर्क गर्न सकेका छैनन् । हिमपातका कारण सञ्चार अवरुद्ध भएपछि गुर्जामा के भइरहेको छ भन्ने कसैलाई पनि जानकारी छैन । बीच बाटोमा भरिया र खच्चडसमेत अलपत्र परेका छन् । खाद्यान्नलगायतका आवश्यक सामान खच्चडमार्फत ढुवानी हुने गुर्जामा एक सातादेखि कुनै पनि सामान पुग्न सकेको छैन । त्यहाँ खाद्यान्नको समेत अभाव हुन थालेको आशङ्का गरिएको छ ।

वडाध्यक्ष छन्त्यालका अनुसार चरन क्षेत्रसमेत हिउँले पुरिएकाले पशु चौपाया र भेडाबाख्रा भोकै छन् । बाटोमा चट्टानजस्तो गरी हिउँ जमेको छ । आज १० बजेदेखि घाम लागेको छ । आज दिनभरि घाम लाग्यो भने हिउँलाई काटेर आपत्कालीन ट्याक बनाएर बाटो खुला गर्ने प्रयास गरिने छन्त्यालले जानकारी दिए ।

गुर्जाको तल्लो भेगका मानिस पनि हिमपातकै कारण शौचालयसम्म जान नसकेको बताइएको छ । हिमपातका कारण गुर्जावासीको जनजीवन अस्तव्यस्त बनेको वडाध्यक्ष छन्त्यालले जानकारी दिए । वर्षासँगैको बाक्लो हिमपातका कारण गुर्जावासी कहर काट्न बाध्य भएका छन् । चिसोका कारण बालबालिका र वृद्धवृद्धाको दिनचर्या अत्यन्तै कष्टपूर्ण बनेको छ भने पशु चौपायासमेत भोकै गोठभित्र थुनिन बाध्य भएका छन् ।

हिमपातका कारण विद्युत् र सञ्चार सेवा पनि अवरुद्ध भएपछि गुर्जावासी अतास्यिएका छन् । हिमपातले स्थानीय इङ्गले खोला लघुजलविद्युत्को पोल ढालेसँगै सञ्चार तथा विद्युत् सेवा ठप्प भएको छ । विद्युत् तथा सञ्चार सेवा ठप्प भएसँगै स्थानीयले अँध्यारोमा रात कटाउन बाध्य भएका वडाध्यक्ष छन्त्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस