८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिसनमा गएका सशस्त्र प्रहरीको भत्ता कटौती नहुने

अ+ अ-

काठमाडौंं । सशस्त्र प्रहरी बल नेपालले युएनको शान्ति मिसनमा गएर फर्कने सशस्त्र प्रहरी कर्मचारीको भत्ता कटौती नगर्ने भएको छ ।

विगतमा विभिन्न प्रयोजनका लागि १५० डलर रकम कटौती हुँदै आएकामा यो वर्षदेखि व्यक्तिगत भत्ता कटौती नगर्ने व्यवस्था गरिएको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिए ।

खनालले भने, ‘यसै वर्षबाट संयुक्त राष्ट्रसङ्घको अनुरोधमा सशस्त्र प्रहरी बल नेपालबाट युएन मिसनमा सहभागी भएका सशस्त्र प्रहरी कर्मचारीले मिसनमा सहभागी भएबापत पाउने व्यक्तिगत भत्ता कट्टी गरिने छैन ।’

यसअघि सशस्त्र प्रहरी परिवार महिलासंघलाई अमेरिकी डलर ३५, पूर्वसशस्त्र प्रहरी संघलाई अमेरिकी डलर ३५ र खेलकूद शाखालाई ८० डलर गरी १५० डलर भत्ताबाट कटौती गरी उपलब्ध गराउँदै आएकोमा अब भने उक्त रकम कट्टी नगरी सम्बन्धित कर्मचारीले नै पाउने व्यवस्था गरिएको खनालले बताए ।

उनका अनुसार सशस्त्र प्रहरीले यसै वर्षबाट नेपाल एपिएफ अस्पतालमा उपचार हुन नसकेका दीर्घरोग लागेका बहालवाला कर्मचारी, पूर्वकर्मचारी र बहालवालाका सन्ततिका लागि कम्तीमा रु ५० हजारदेखि बढीमा रु एक लाखसम्म निःशुल्क उपचार खर्च उपलब्ध गराउने व्यवस्था गरेको छ । गोताखोर प्रशिक्षण लिई विपद व्यवस्थापन कार्यमा साहसिक ढङ्गले विशिष्ट योगदान गर्ने सशस्त्र प्रहरी कर्मचारीका दुई सन्ततिलाई निःशुल्क अध्ययन गराउने व्यवस्थासमेत मिलाइएको छ ।

यसै वर्षबाट ७० वर्ष नाघेका पूर्वसशस्त्र प्रहरी कर्मचारीलाई वार्षिक जनही रु १२ हजार भत्ता दिने तथा बहालवाला पूर्वसशस्त्र प्रहरी कर्मचारी र उनका सन्ततिको शुभविवाहका लागि ब्याण्डबाजा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको सशस्त्र प्रहरी महानिरीक्षक खनाले जानकारी दिए ।

सङ्गठनमा कर्यरत कर्मचारी, पूर्वकर्मचारी, दुर्गम क्षेत्रका सर्वसाधारणसहितलाई लक्षित गरी यस वर्ष विभिन्न कल्याणकारी योजना ल्याइएको महानिरीक्षक खनालले बताए । उनका अनुसार वीरगति प्राप्त प्रहरी कर्मचारीका सन्ततिलाई विपन्नता र उत्कृष्टताका आधारमा १२ कक्षामा दुई जना र दुर्गम स्थानमा बस्ने सर्वसाधारणका दुई बालबालिकालाई नेपाल एपिएफ स्कूलमा निःशुल्क अध्ययनको व्यवस्था मिलाइएको छ ।

भूकम्पले प्रभावित पूर्व सशस्त्र प्रहरीका कर्मचारीलाई राहतस्वरुप रु २४ करोड ४९ लाख ६५ हजार वितरण गरिएको तथा राहत पाउन छुट भएकालाई कल्याणकारी कोषबाट रु एक करोड ६६ लाख ७० हजार वितरण गरिएको समेत खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस