८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालयमा खानेपानी समस्या

अ+ अ-

बाजुरा । जिल्लाको बूढीगङ्गा नगरपालिका– १ मा रहेको कुँडीकोट आधारभूत विद्यालयमा खानेपानीको समस्या भएको छ ।

वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र दिपायल शाखाले २०६२/०६३ मा साविक आटिचौर गाविसको हाँडेखोलाबाट सौर्य उर्जाबाट पानी तानेर खानेपानी उपलब्ध गराए पनि अहिले सो सुविधा बन्द हुँदा विद्यालयलाई खाने पानीको समस्या भएको हो ।

पानी खानकै लागि छात्र छात्रालाई आधा घण्टासम्म पैदल यात्रा गर्नुपर्ने भएकाले विद्यार्थीको दैनिक पठनपाठनमा समेत असर परेको प्रधानाध्यापक कृष्णाकुमारी सिंहले जानकारी दिए ।

तल बस्ती माथि सुख्खा डाँडोमा विद्यालय भएका कारण कतै पानीको मुहान नभएको र टाढाबाट पानी ल्याउन ठूलो योजना नपरेको हुँदा खानेपानीको समस्या भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष वीरभान परीले बताए ।

उनका अनुसार जिल्लाको सबै भन्दाबढी खानेपानीको समस्या भएको कुँडीमा, चुनावको बेलामा विभिन्न राजनीतिक दलले भोट माग्नका लागि खाने पानीलाई नै चुनावी मुद्दा बनाए पनि अहिलेसम्म कसैले पनि गाउँ र विद्यालयका लागि खानेपानीको योजना ल्याउन पहल गरेका छैनन् ।

बूढीगङ्गा– १ माथिल्लो कुँडीमा बसोवास गर्दै आएका २५६ घरपरिवारले पनि खानेपानीको निकै सास्ती व्यहोर्नु परेको स्थानीय अम्भा ल्वारले बताए ।रासस

प्रतिक्रिया दिनुहोस