१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हजयात्री दोब्बर बनाउने प्रयास छ : गृहमन्त्री थापा

अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेपालबाट हज गर्न मक्का जाने हजयात्रीको सङ्ख्या दोब्बर पार्ने सरकारको प्रयास जारी रहेको बताएका छन् ।

विगतमा एक हजार २०० यात्री हज गर्न मक्का गएको जानकारी दिँदै गृहमन्त्री थापाले कम्तीमा पनि एक हजार हजयात्री थप्ने प्रयासमा सरकार लागेको बताए ।

नयाँ हज कमिटी गठनपछि काठमाडौँको बबरमहलमा आज बसेको पहिलो बैठकमा गृहमन्त्री थापाले भने, ‘जो हज यात्रामा जान चाहन्छन्, उनीहरूलाई पठाएर विगतको भन्दा दोब्बर पार्ने योजना सरकारको छ, साउदी अरेबियाका राजदूतसँग पनि सो विषयमा छलफल गरेको छु, उनीबाट प्रतिबद्धतासमेत आएको छ ।’

गृहमन्त्री थापाले हजयात्रालाई व्यवस्थित गर्न ठोस योजनाका साथ अघि बढ्न नयाँ कमिटीलाई आग्रह गरे । ‘यसलाई सफल पार्न सरकारले आवश्यक सहयोग गर्छ, कुनै गुनासो र आरोप नआओस्, हज यात्रामा बढी सुविधा र कम खर्च होस् भन्ने कुरामा ध्यान दिनुहोस्’, हज कमिटीलाई गृहमन्त्रीले भने ।

कुनै पनि दुर्घटनातर्फ सजकता अपनाउन र सुरक्षामा ध्यान दिन उनले नयाँ समितिलाई आग्रह गरे । गृहमन्त्री थापाले राज्यका तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाए । उनले भने, ‘नवगठित कमिटीले नमूनायोग्य काम गर्न जरुरी छ, ता कि भोलि आउने हज कमिटीका लागि पनि उदाहरणीय होस् ।’

विश्वमा इस्लाम, हिन्दू, इसाई र बौद्ध यी चार धार्मिक समुदाय ठूलो रहेको र त्यसमध्यको मुसलमान समुदाय पनि महत्वपूर्ण भएको उल्लेख गर्दै उनले साउदी अरेबिया मानव सभ्यताको विकासको एउटा केन्द्र भएको समेत बतए ।

विश्वबाट मुसलमान समुदाय हजका लागि मक्का–मदिना जाने गरेको बताउँदै उनले नेपाल धर्म निरपेक्ष मुलुक भएकाले सबै धर्मको सम्मान र आस्थाको संरक्षण र व्यवस्थापन गर्न राज्यले हज कमिटीको गठन गर्दै आएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस