५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्ववियु निर्वाचन निर्धारित मितिमै गराउन माग

अ+ अ-

लहान । राष्ट्रिय जनता पार्टी (राजपा) निकट राष्ट्रिय विद्यार्थी संघले फागुन १४ कै मितिमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न माग गरेको छ ।

सङ्गठनका केन्द्रीय अध्यक्ष किशोरकुमार यादवले आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै विद्यार्थी राजनीतिसँग जोडिएको स्ववियु निर्वाचन तोकिएकै मितिमा हुनपर्ने माग गरेका छन् । स्ववियु निर्वाचन सार्ने षडयन्त्र भइरहेको भन्दै अध्यक्ष यादवले निर्धारित मितिमा निर्वाचन नभए आफ्नो सङ्गठन आन्दोलनमा जाने बताए ।

देशमा सबै तहको चुनाव सम्पन्न भइसकेको अवस्थामा विद्यार्थीको निर्वाचन रोक्नु उपयुक्त नहुने भन्दै स्ववियु निर्वाचनमा जुट्न सबै विद्यार्थी सङ्गठनसँग उनले आग्रहसमेत गरे ।

पछिल्लो एक दशकयता स्ववियु निर्वाचन नगराउँदा विद्यार्थी राजनीतिको लागि दुर्भाग्य र दुःखद् भएको भन्दै अध्यक्ष यादवले विद्यार्थीबीचमा नेतृत्व सिक्ने र सिकाइने थलोका रुपमा रहेको स्ववियु निर्वाचन निर्धारित समयमा गराउनु आवश्यक रहेको जिकिरसमेत गरे ।

गत पुस २३ गते नै त्रिभुवन विश्वविद्यालय मातहतका सबै आङ्गिक क्याम्पसमा स्ववियु चुनाव गर्न त्रिविले परिपत्र गरिसकेको अवस्थामा अहिलेसम्म विद्यार्थी सङ्गठनलाई बोलाएर यसबारेमा कुनै छलफलसमेत नगरिएको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस