९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालयमा झरी बिदा, सदरमुकाम सुनसान

अ+ अ-

रारा । जिल्लाभरि रहेका सामुदायिक तथा निजी विद्यालयमा आज झरी बिदा भएको छ ।

बिहानदेखि जिल्लामा उच्च क्षेत्रमा हिमपात र बेसीमा पानी पर्न थालेपछि मुगु जिल्लाका प्रायः विद्यालयले १० बजे विद्यालय खोलेर प्रार्थना र राष्ट्रिय गानपछि विद्यार्थीलाई झरी बिदा दिइएको हो ।

अत्यधिक चिसो र झरीका कारण विद्यालयमा विद्याथीको न्यून उपस्थिति र शिक्षकलाई अध्यापन गर्नसमेत जाडोले समस्या भएपछि अधिकांश विद्यालयले विद्याथीलाई झरी बिदा दिएका हुन् । विद्यार्थीलाई बिदा दिइए पनि शिक्षक भने आगो बालेर ताप्दै विद्यालयमा बसेका थिए ।

छायाँनाथ रारा नगपालिकास्थित महाकाली नमूना माविका प्रध्यानाध्यापक देवबहादुर मल्ल बिदा दिएको भन्दा विद्यालयमा टाढाटाढाबाट विद्यार्थी पढ्न आउने गरेकामा आज बिहानदेखि पानी पर्न थालेपछि एक हजार २०० विद्यार्थीमा २०० जनासम्म मात्र विद्यालय आएकाले पढाइ हुन नसकेको बताउछन्।

नगरक्षेत्रमा रहेका ४४ सामुदायिक, ६ निजी विद्यालय र एक वटा क्याम्पसमा आज झरी र चिसोका कारण अध्यापन प्रभावित भएको छ ।  छायाँनाथ रारा नगरपालिका शिक्षा शाखाप्रमुख ललितजङ्ग मल्ल ऐनकानूनमा बिदा दिने कतै प्रावधान नभए पनि विद्यार्थी र शिक्षकको समस्या दृष्टिगत गरी मौसम अनुकूल नभएर शिक्षक विद्यार्थीको हाजिर गरेर छुट्टी दिने विद्यालयले व्यावहारिक रुपमा गर्दै आएकाले सोही अनुसार आज विद्यालय आधा खुलेका हुन सक्छन् भन्छन् ।

जिल्लाका यातायातका दुई विकल्पमध्ये दुई साताअघि देखि कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगढी सडकखण्डको घुच्ची, बुलबुलेमा चार फिट हिउँ जम्दा यातायातका साधन बन्ध भएका छन् भने रारा विमानस्थलमा पनि आज उडान भएनन् ।

प्रतिक्रिया दिनुहोस