९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सवारीको प्रदूषण परीक्षणमा आकर्षित भएनन् सेवाग्राही

अ+ अ-

भरतपुर । चितवनमा सवारी साधनको प्रदूषण परीक्षणको व्यवस्था गरिए पनि सेवाग्राही यसप्रति आकर्षित भएका छैनन् । यातायात व्यवस्था सेवा कार्यालयले सवारी साधनको प्रदूषण परीक्षण गर्न शुरु गरेको एक महीनाको अवधिमा जम्मा ३० वटा सवारी साधनको मात्र प्रदूषण परीक्षण भएको छ ।

गत पुस २३ गतेदेखि कार्यालयले पेट्रोलबाट चल्ने सरकारी तथा निजी सवारी साधनको प्रदूषण परीक्षण गर्न थालेको थियो । ‘सेवा थप भएपछि हामीलाई भ्याइनभ्याइ हुन्छ भन्ने लागेको थियो, कार्यालयका प्रमुख देवीप्रसाद आचार्यले भने, ‘दिनमा एक/दुई जना मात्रै सवारी साधनको प्रदूषण परीक्षणका लागि आउने गरेका छन् ।’ जिल्ला प्रशासन कार्यालयमा नियमित हुने कार्यालय प्रमुखको बैठकमा समेत सबै कार्यालयको सवारी साधनको अनिवार्य प्रदूषण परीक्षण गराउन भनिए पनि कार्यान्वयन नभएको उनले बताए ।

‘हामीले सोचेकोभन्दा निकै कम मात्रामा प्रदूषण परीक्षणका लागि आउने गरेका छन्’, उनले भने, ‘ट्राफिकले कारवाही शुरु नगरेसम्म कार्यान्वयन हुन गाह्रो छ ।’ प्रदूषण परीक्षण गराएका सवारी साधनमा हरियो स्टिकर टाँस गरिएको छ । प्राविधिक र कर्मचारी अभावका कारण डिजेलबाट चल्ने गाडी प्रदूषण परीक्षण शुरु गर्न नसकिएको उनले बताए ।

चौबिस करोड राजस्व सङ्कलन

उक्त कार्यालयले चालू आर्थिक वर्षको छ महीनामा रु २४ करोड ४७ लाख पाँच हजार ५६० राजस्व सङ्कलन गरेको छ । कार्यालयले सवारी कर, आयकर, रुट परमिट र विविध शीर्षकमा उक्त रकम सङ्कलन गरेको हो ।

सवारी करमा रु १९ करोड ७८ लाख ३० हजार ६३५, आय करमा रु एक करोड १४ लाख ४२ हजार १५५, रुटपरमिटमा रु दुई करोड ७९ लाख ७४ हजार ३१५ र विविधतर्फ रु ७४ लाख ५८ हजार ४५५ सङ्कलन गरिएको कार्यालयका प्रमुख आचार्यले जानकारी दिए ।

गत वर्षको राजस्व सङ्कलनका आधारमा यस वर्षको सो अवधिमा रु ५० करोड सङ्कलन गर्ने लक्ष्य लिइएकामा रु २४ करोड मात्रै सङ्कलन गरिएको हो । कार्यालयका सेवा सुविधा प्रादेशीकरण भएका कारण राजस्व सङ्कलनमा कमी आएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस