१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब म लुक्न चाहन्नँ : सल्मान रुस्दी

अ+ अ-

पेरिस । इरानी सर्वोच्च धार्मिक नेता आयातोल्लाह रुहोल्लाह खोमेनीले मृत्युदण्डको सजाय सुनाएपछि झण्डै तीन दशकदेखि अर्ध भूमिगत रहेका प्रसिद्ध साहित्यकार सल्मान रुस्दी बिस्तारै विद्रोही देखिन थालेका छन् ।

‘म अब लुक्न चाहन्नँ,’पेरिस भ्रमणका क्रममा रुस्दीले एएफपीलाई सुनाए ।

यी उपन्यासकारको जीवन सन् १९८९ फेब्रुअरी १४ मा सदाका लागि एकाएक परिवर्तन भएको थियो । इरानी धार्मिक नेता खोमेनीले रुस्दीको पुस्तक ‘दी सटानिक भर्सेज’इस्लाम विरोधी भएको जनाउँदै रुस्दीको हत्या गर्न’आदेश(फतवा)’ जारी गरेका थिए ।

तेहरानले हरेक वर्ष यो फतवा जारी गरिरह्यो । रविन्द्रनाथ टेगोर पछिका सर्वाधिक सफल भारतीय लेखक मानिएका रुस्दीले १३ वर्षसम्म कसैले सहजै नचिनुन् भनेर नक्कली नाम राखेका थिए । उनीलाई प्रहरीले निरन्तर सुरक्षा दिएको थियो ।

‘म त्यतिखेर ४१ वर्षको थिएँ, अहिले ७१ वर्ष पुगिसकें । अहिले परिस्थिति ठिकै देख्छु,’ उनले गत सेप्टेम्बरमा भनेका थिए । ‘हामी निकै तिब्र रुपमा परिवर्तन भइरहेको विश्वमा छौं । र यो निकै पुरानो विषय पनि हो । अहिले अरु धेरै कुराले मानिसलाई व्यग्र बनाउन थालेका छन्, र अरु कुनै व्यक्तिले पनि कसैको हत्या गर्न सक्छ ।’

रुस्दीले सन् २००१ को सेप्टेम्बर ११ देखि नक्कली नाम राख्न छाडेका थिए । तेहरानले रुस्दीमाथिको चेतावनी फिर्ता लिएको तीन वर्षपछि उनले नक्कली नाम राख्न छाडेका हुन् । तर एएफपीलाई पेरिसको एक प्रकाशन गृहमा अन्तर्वार्ता दिँदा पनि कार्यालयको मूलगेटमै सादा पोशाकका प्रहरीको निगरानी थियो । कार्यालय बाहिरको परिसरमा पनि अरु प्रहरीले सुरक्षा दिएका थिए ।

यसअघि, पूर्वी फ्रान्समा आयोजित एक पुस्तक प्रदर्शनीमा सर्वसाधारण श्रोताकै रुपमा उनी सहभागी भएका थिए, तर न्यूयोर्कमा भने उनी विल्कुलै सामान्य जीवनमा रहने गर्छन् । न्यूयोर्कमा उनी झण्डै दुई दशक बसे । ‘म भूमिगत बाटो (सब वे) बाटै यात्रा गर्दछु,’उनले भने ।

“दी सटानिक भर्सेज” रुस्दीको पाँचौं पुस्तक हो । अहिले उनको १८औं पुस्तक आइसकेको छ । भर्खरौं उनको’दी गोल्डेन हाउस’ प्रकाशन भएको छ जुन भारतको मुम्बईका एक व्यक्तिको बारेमा छ ।

दङ्गा, बम आक्रमणको योजना तथा दी सटानिक भर्सेज पुस्तकका एक अनुवादकको हत्या एवं अरु दुई जनामाथि गोली र चक्कु प्रहारको दुर्दान्त विगत देखेका छन् । रुस्दीले भने, ‘त्यो अब अतितको भइसक्यो ।’

‘इस्लामको केही कुरै होइन । कसैले पनि त्यसरी सोचेका थिएनन्,’ द सटानिक भर्सेज प्रकाशनका दिनहरुको स्मरण गर्दै उनले भने, ‘पश्चिमा मुलुकका मानिसहरु पहिलेभन्दा बढी जानकार देखिएका थिए ।’

त्यति हुँदा पनि, पुस्तकका बारेमा गलत बुझियो । उनले भने, ‘यो पुस्तक मुलतः लन्डनमा रहेका दक्षिण एसियाली आप्रवासीहरुका बारेमा थियो ।’

रुस्दीका साथी बेलायती–पाकिस्तानी लेखक हनिफ कुरेसी यो पुस्तक लेख्ने दुस्साहस कसैले नगर्ने बताउँदै छाप्ने त अझ कठिन रहेको बताउछन् ।

कुरेसीले द सटानिक भर्सेजको पाण्डुलिपी पढ्दा समेत आफूले कुनै विवादित विषय नदेखेको स्वीकार गरेका छन् । उनले भनेका छन्, ‘पुस्तकमा अतिवादीहरुलाई उत्तेजित तुल्याउने त्यस्तो केही थिएन । मैले यो पुस्तकमा पागलपन, नवीनता र परिवर्तनका कुरा देखेको छु ।’

तैपनि यो पुस्तकले सिर्जना गरेको रापतापले राजनीतिक इस्लामको उदयलाई प्रश्रय दिएको छ । रुस्दी आफैँ पनि दार्शनिक छन् । यस्तो पुस्तक लेखेकामा पश्चाताप लागेको छैन भनी सोधिएको प्रश्नमा उनले भने, ‘मलाई कुनै पछुतो छैन ।’रासस/एएफपी

प्रतिक्रिया दिनुहोस