१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिल्लीको एक होटलमा आगलागी हुँदा १७ जनाको मृत्यु

अ+ अ-

नयाँ दिल्ली । दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटलमा मङ्गलबार बिहान आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको यहाँको अग्नी नियन्त्रण विभागले जनाएको छ । घटनामा परी अन्य ११ जना घाइते भएका छन् ।

करोल बाघस्थित गुरुद्वारा सडकमा रहेको अर्पित प्यालेस होटलमा मङ्गलबार विहान ४ः३० बजे सो आगलागी भएको थियो ।
तत्काल बारूण यन्त्रसहित केही अग्नी नियन्त्रक त्यसतर्फ गएपनि १७ व्यक्तिलाई जोगाउन नसकिएको प्रहरी उप–आयुक्त एमएस रान्धावाले बताए।

विभागका प्रमुख अतुल गर्गले भने,’सूचना प्राप्त भएलगत्तै उद्धार टोलीलाई विहान ४ः३५ बजे त्यसतर्फ पठाइएको र उक्त टोलीले होटलभित्र फसेका ३५ जनालाई सकुशल उद्धार गरेको थियो ।

उद्धार टोलीले घटनास्थलबाट एउटा अस्पतालमा १३ जनाको र अर्को अस्पतालमा अन्य चार जनाको शव अन्तिम परीक्षण रिपोर्टका लागि पठाइएको छ ।

एक महिला र एक बालकले आगलागीपछि आत्तिएर भवनको झ्यालबाट हाम फालेका कारण मृत्यु भएको छ भने अन्य १५ जनाको होटलको कोठाभित्र नै जलेर ज्यान गएको बताइएको छ ।

आगोमा जलेर घाइते भएका ११ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरी उप–आयुक्त एमएस रान्धावाले भने, ‘आगलागीबाट घाइते भएकाहरु मध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ ।’

आगलागी भएको सो चार तले होटलमा ३५ कोठा थिए । सोमबार उक्त होटलमा एउटा परिवारले कार्यक्रमका लागि लिएको आफूलाई जानकारी भएको रान्धावाले बताए । रासस/एएनआई

प्रतिक्रिया दिनुहोस