६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोल्याण्डमा अमेरिकी सेनाको उपस्थितिबारे द्विपक्षीय वार्ता

अ+ अ-

वार्सा । अमेरिकी र पोल्याण्डका विदेशमन्त्रीबीच संयुक्त राज्य अमेरिकाको सेना पोल्याण्डमा उपस्थितिका बारेमा द्विपक्षीय छलफल भएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ र पोलिस विदेशमन्त्री जेस के चापुतोविचबीच उक्त विषयमा बुधबार वार्सामा द्विपक्षीय वार्ता भएको जनाइएको छ ।

हामी दुई जनाबीच यस विषयमा छफफल भएको छ र आगामी दिनमा पनि यो वार्ताले निरन्तरता पाउने अपेक्षा गरिएको छ– पोलिस विदेशमन्त्री जेस के चापुतोविचले बताए।

उनले आगामी दिनमा यस विषयमा राजनीतिक वार्ताहरु निरन्तर रहने जानकारी पनि पोलिस विदेशमन्त्रीले जानकारी दिए ।

उनीहरु दुई जनाबीच बुधबार नर्थ एट्लान्टिक ट्रिटी अर्गनाइजेसन्स् (नेटो) को अमेरिकी सेनाहरु रहेको स्थानमा पनि भेटवार्ता हुने भएको छ । उक्त स्थान पोल्याण्डको उत्तरी क्षेत्रमा पर्दछ ।

उक्त स्थानमा मध्यपूर्वी देशका समस्याहरुका बारेमा सम्मेलन हुने भएको छ । उक्त सम्मेलनमा नेटो देशका पनि केही देशका विदेशमन्त्रीहरु रहने अनुमान गरिएको छ ।

पोल्याण्डले आफ्नो देशमा अमेरिकी सेनाको स्टेशन राख्न प्रस्ताव गरिरहेको छ । उक्त स्टेशन स्थायी प्रकृतिको हुने, सो क्षेत्रमा अमेरिकी सेनाहरु रहने प्रस्ताव पोल्याण्डको रहेको छ ।

त्यसका लागि अमेरिकाले पोल्याण्डलाई करिब दुई अर्ब अमेरिकी डर बराबरको आर्थिक सहायता दिनुपर्ने छ । केही समयअघिदेखि पोल्याण्डले अमेरिकालाई यो प्रस्ताव गरेको हो ।

पोम्पेओ हाल युरोपको भ्रमणमा छन् । उनले युरापेली देशहरु हंगेरी र स्लोभाकिया र पोल्याण्डको भ्रमणमा निस्किएका छन् । यस क्रममा उनी बुधबार पोल्याण्ड पुगेका हुन् ।रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस