९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ढिलासुस्ती र घुसखोरी समृद्धिको मुख्य बाधक : पूर्वप्रधानमन्त्री नेपाल

अ+ अ-

बर्दिवास । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारी कार्यालयबाट सम्पादन हुनुपर्ने काममा ढिलासुस्ती र घुसखोरी मुलुकको समृद्धिमा मुख्य बाधक भएको बताएका छन् ।

महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका—२ सिङ्ग्याहीबजारमा महेन्द्र माविको नयाँ आठ कोठे भवनको शिलान्यास र आइतबार र बुधबार लाग्ने साप्ताहिक हटियाको शुभारम्भ गर्दै वरिष्ठ नेता नेपालले ढिलासुस्ती र घुसखोरीविरुद्ध सरकार तथा अधिकारसम्पन्न निकायले मोलाहिजारहित कार्वाही गर्न कसर राख्न नहुने बताए ।

“हामी समृद्ध नेपाल र सुखी नेपालीको नारा भन्दैछौँ,” वरिष्ठ नेता नेपालले भने, “सरकारी कार्यालयबाट सम्पादन हुने सेवाबाट जनताले सजिलो अनुभूति नगरेसम्म समृद्धिको कुराले सार्थकता पाउँदैन ।” भ्रष्टाचार र ढिलासुस्तीलाइ कानूनी कार्वाही मात्र नभएर सामाजिक घृणासमेत गरिनुपर्ने नेता नेपालको भनाइ थियो ।

समारोहमा प्रदेश नं २ का प्रदेशसभा सदस्यहरु सत्रुधन महतो, भरतप्रसाद साह, शारदा थापा, मञ्जु यादव र नेकपाका केन्द्रीय सदस्य सरोज यादवसहितका नेताले शिक्षा र कृषिलाई प्राथमिकतामा राखेर अघि बढे चाँडै समृद्धि प्राप्त हुने बताए ।

यसअघि रहेको विद्यालय भवन र बजारक्षेत्र बर्दिवास–जनकपुर–जयनगर रेलविस्तार क्षेत्रमा परेपछि नयाँ विद्यालय भवन निर्माण र बजारस्थलका लागि भङ्गाहा—२ सिङ्ग्याहीका रामएकवाल यादव, फुलकिशोर यादव र लालबाबु यादवले विद्यालयलाई उपलब्ध गराएको १२ कट्ठा जग्गामा विद्यालय भवन शिलान्यास र बजार शुभारम्भ आज गरिएको हो ।

प्रतिक्रिया दिनुहोस