७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विशेष सरसफाइ अभियानको शुरुआत

अ+ अ-

बुटवल । संघीयताको सन्देश जनतामा पुर्‍याउने अभियानका रुपमा प्रदेश नं ५ सरकारले विभिन्न रचनात्मक कार्यक्रम गरी प्रदेश स्थापना दिवस आज मनाइयो ।

यही फागुन ४ गतेसम्म मनाउने सो दिवसको आज पहिलो दिन प्रदेशअन्तर्गत पर्ने पूर्वपश्चिम राजमार्गको मुख्य बजार क्षेत्रमा विशेष सरसफाइ अभियानको शुरुआत गरिएको छ ।

यो कार्यक्रम अब अभियानकै रुपमा निरन्तर चलिरहने आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले जानकारी दिए । प्रदेश सरकार स्थापना भएको मुख्य दिन फागुन ३ गते सार्वजनिक बिदा दिनेसमेत घोषणा प्रदेश सरकारले गरेको छ ।

पूर्वपश्चिम राजमार्गका मुख्य छ स्थानमा मुख्यमन्त्री शङ्कर पोखरेलसहित प्रदेश सरकारका मन्त्रीहरुले एकै समयमा विशेष सरसफाइ गरी अभियानको प्रारम्भ गरेका छन्। मुख्यमन्त्री पोखरेलले प्रदेशको अस्थायी केन्द्र रहेको बुटवलस्थित वडा नं २ को राजमार्ग क्षेत्र मनकामना मन्दिर क्षेत्रबाट विशेष सरसफाइ अभियानको शुभारम्भ गरे ।

यस्तै आन्तरिक मामिला तथा कानूनमन्त्री केसीले प्रदेशकै अर्को मुख्य राजमार्ग क्षेत्रमा पर्ने बाँकेको कोहलपुर चोकबाट, भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले कपिलवस्तुको चन्द्रौटा चोकबाट, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी प्रदेशको पश्चिम नाका बर्दियास्थित भुरीगाउँ चोकबाट, सामाजिक विकासमन्त्री सुदर्शन बरालले दाङको लमही बजार चोक र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले प्रदेशको पूर्वी नाका नवलपरासीस्थित बर्दघाट चोकबाट सरसफाइ अभियानको एकै समयमा आरम्भ गरेका हुन्।

बुटवलमा सरसफाइ अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश नं ५ लाई सरसफाइयुक्त प्रदेश बनाउने र त्यसको अभियान मुख्य राजमार्गबाट शुरु गरिएको बताए । उनले स्थानीय तहको समन्वयमा सार्वजनिक बिदाको दिनमा राजमार्ग तथा सडक सरसफाइ अभियान चलाइने बताए ।

सरसफाइ कार्यक्रममा राजनीतिकर्मी, कर्मचारी, सुरक्षा निकाय, शिक्षण संस्थालाई समेत परिचालन गरिएको छ । सरसफाइ कार्यलाई कम्तीमा मासिक रुपमा भए पनि गर्ने गरी स्थानीय तह, आमा समूह, समुदाय, क्लबलाई अनुरोध गर्ने प्रदेश सरकारको योजना छ ।

स्थापना दिवसको अवसरमा शुक्रबार मूल कार्यक्रमअन्तर्गत बुटवलमा प्रदेशका विभिन्न समुदाय र जातजातिको झाँकीसहित र्‍यालीसहित विशेष कार्यक्रमको आयोजना हुनेछ ।

यस्तै फागुन ४ गते प्रदेशभित्रका मेडिकल कलेज र सामुदायिक तथा निजी अस्पताललगायत सबैले स्वास्थ्य शिविर सञ्चालन गर्नेछन् । प्रदेश स्थापना दिवसका अवसरमा तीन दिन साँझ सबै मन्त्रालय, मातहतका निकाय तथा सम्पूर्ण उद्योगी, व्यापारी, समाजसेवी तथा प्रदेशवासी सबैले दिपावलीसमेत गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस