रसुवा । पासाङ ल्हामु राजमार्गको खोपाङबाट आज एक जना सुनसहित पक्राउ परेका छन् । गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका २९ वर्षीय दावा छिरिङ तामाङ ४६२ ग्राम सुनसहित पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले काठमाडौँतर्फ जाँदै गरेको बसमा जाँच गर्दा तामाङको प्यान्ट्सको खल्तीमा सुन भेटिएको प्रहरी निरीक्षक रञ्जन अवाले जानकारी दिए।
उक्त सुनको बजार मूल्य रु २४ लाख ५९ हजार रहेको छ । रसुवागढी नाका भएर २०७२ मङ्सिर १५ गतेदेखि हालसम्म प्रहरीले ४१ किलोभन्दा बढी सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।