७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घर निर्माणमा जापानी विद्यार्थीद्वारा श्रमदान

अ+ अ-

दमक । झापाको गौरीगञ्ज गाउँपालिका–६ दमाइँ डाँडाका दलबहादुर विकको घर निर्माणमा जापानबाट आएका विद्यार्थीको समूहले श्रमदान गरेका छन् । गौरीगञ्ज गाउँपालिका र ह्याविट्याड संस्थामार्फत सहारा नेपालको संयुक्त लगानीमा विपन्न तथा दलित परिवारको आवास निर्माण गर्ने सहमतिअनुसार दलबहादुर विकको घर निर्माण गर्न ती विद्यार्थीले श्रमदान गरेका हुन् ।

सहारा गर्ने कोही नभएको विक दम्पत्तीको घर गाउँपालिका र सहारा नेपालले घर बनाइदिने भएपछि ह्याविट्याड संस्थामार्फत जापानको राजधानी टोकियोस्थित बासेदा युनिभर्सिटीका १७ जना विद्यार्थी स्वयंसेवकका रूपमा आएका हुन् । ह्याविट्याडका आलोक खतिवडाको नेतृत्वमा आएको उक्त टोलीले नौ दिनमा दलबहादुर विकको घर निर्माण गरेको थियो ।

गौरीगञ्जका ३५ विपन्न तथा दलित परिवारलाई तीन कोठाको घर निर्माण गर्ने सहमति गरिएको थियो । गौरीगञ्ज–४ को बेलगाछी, बालुगाउ सतार बस्तीका ११, वडा नं ५ को हरिराको मुसहर बस्तीमा १२ र वडा नं ६ को दमाइँ बस्तीमा आठलाई एकीकृत बस्ती योजनाअन्तर्गत रु एक लाख ५० हजारको लागतमा प्रतिघर निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।

पहिलो चरणमा ३५ घर मात्र निर्माण गर्न लागिएको र यो योजनालाई क्रमिकरूपमा अगाडि बढाइने गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । जग्गा नभएका परिवारलाई जग्गा उपलब्धका लागि गाउँपालिकाले सहजीकरण गरिदिने अध्यक्ष श्रेष्ठले बताए । गाउँपालिकामा कोही पनि घरपरिवार विहीन नहोस् भन्ने उद्देश्यले यो योजना अघि सारिएको गाउँपालिकाका प्रशासकीय अधिकृत राजकुमार शाक्यले जानकारी दिए ।

एकै खालका घर निर्माण हुन लागेको र घर निर्माण गर्दा श्रमदान अर्थात मिस्त्रीबाहेक उपभोक्ता आफैँ लाग्नुपर्ने सहारा नेपाल गौरीगञ्ज सेवा केन्द्रका प्रबन्धक उमेश भारतीले बताए ।

प्रतिक्रिया दिनुहोस