९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेखापरीक्षण र जीवनाशक विषादी व्यवस्थापन विधेयक पारित

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाले लेखापरीक्षण विधेयक, २०७५ लाई पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा डा.अर्थमन्त्री युवराज खतिवडाले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए ।

विधेयकमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै डा.खतिवडाले लेखा परीक्षण अन्तर्राष्ट्रिय मापदण्डअनुरुप होस् र जनताले तिरेको करको पूर्णरुपले सदुपयोग गर्न सकियोस् भन्ने उद्देश्यले विधेयक ल्याइएको बताए ।

उनले भने,’वैदेशिक सहायता नीति परिमार्जन गर्दैछौं, फागुन महीनादेखि पूँजीगत खर्च उल्लेखनीय हिसाबले बढ्नेछ, महालेखा परीक्षकको कार्यालयलाई बलियो बनाउने विधेयकको उद्देश्य हो, सरकारी बक्यौता उठाउने सन्दर्भमा पनि विधेयक महत्वपूर्ण हुनेछ ।’

अर्थमन्त्री डा.खतिवडाले मुलुकभित्रका शासकीय प्रणालीलाई बलियो तुल्याउन र व्यावसायिक निष्ठाका आधारमा मिलेर काम गर्नुपर्छ भन्ने मान्यतालाई पनि विधेयकले सहयोग पु¥याउने बताए ।

यसैगरी प्रतिनिधिसभाले आजको बैठकमा जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५ लाई बहुमतले पारित गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त विधेयकमाथिको छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले कर्णाली प्रदेशलाई रासायनिक मल र विषादीको प्रयोगमुक्त प्रदेश बनाउने अभियान अघि बढेको जानकारी दिए। उनले प्रदेश र संघका तर्फबाट पनि बजेट कर्णाली प्रदेशलाई विषादी र रासायनिक मलको प्रयोगमुक्त प्रदेश बनाउने व्यवस्थापनका लागि कानून निर्माण र छिमेकी मुलुकको सहकार्यमा केही विषादीको प्रयोगमा प्रतिबन्ध लगाइने बताए ।

उनले कृषि बालीको उत्पादन वृद्धिका लागि केही विषादी प्रयोग आवश्यक रहेको भन्ने मान्यता रहेपनि अब विषादी र रासायनिक मलको प्रयोग कम गर्ने मात्र होइन, नियन्त्रण नै गर्ने उद्देश्यले सरकारले सो विधेयक ल्याएको हो भने । प्रतिनिसभाको अर्को बैठक यही फागुन ८ गते दिनको २ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस