९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्यान जोखिममा राखेर नदी तर्दै बाँफी गाउँका स्थानीयवासी

अ+ अ-

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका – ३ बाँफी गाउँका स्थानीयवासी आफ्नो घर जानका लागि ज्यान जोखिममा राखेर सेती नदी वारपार गर्न बाध्य भएका छन् ।

आफ्नो गाउँमा जानका लागि गतवर्ष जिल्ला समन्वय समिति डोटीले पुल बनाउने निर्णय गरी केही महीना पहिला समूहागाढको गेरु पनि नजिक झलङ्गे पुल निर्माण गरिए पनि उक्त पुल उद्घाटन हुन नपाउँदै भत्कियो । पुल बनेपछि ज्यान जोखिमबाट मुक्ति पाइएको आभाष गर्ने उक्त गाउँका स्थानीयवासीको खुशी पुल भत्किएपछि एका एक खोसियो ।

पुल उद्घाटन हुन नपाउँदै भत्किएपछि स्थानीयवासी पहिलेको जस्तै ट्युबको भरमा यात्रा गर्न र सरसामान बोक्न बाध्य भएको बाँफी गाउँका स्थानीयवासी कलीभान साउदले बताए ।

सेती नदीमा ज्यान जोखिममा राखेर ट्युबमा यात्रा गर्ने गरेको नजिकैको केआइसिंह राजमार्गमा हिँड्ने नेता तथा मन्त्रीले देखे पनि उनीहरूको बारेमा कसैले नबोलेको स्थानीयवासीको आरोप छ । सेती नदीमा जोखिम मोलेर यात्रा गर्दा अहिलेसम्म दर्जनौले ज्यान गुमाइसकेको स्मरण आफूसँग अझै ताजै रहेको अर्का स्थानीय महानन्द साउदले बताए ।

साउदको बढी जनसङ्ख्या भएको उक्त गाउँमा करीब २ सय घरधुरी रहेका छन् । उक्त गाउँका स्थानीयवासीले सामान्य घरखर्चको सामान किन्न पनि नजिकैको कालागाढ भन्ने ठाउँको बजारमा आउनुपर्छ । उक्त बजारमा आउनका लागि स्थानीय महिला, केटाकेटी लगायतकाले ट्युबको भरमा यात्रा गर्ने गरेको स्थानीयवासी बताउँछन् ।

पुल नहुँदा बाँफी गाउँका स्थानीयलाई निकै समस्या भएको शिखर नगरपालिका– १ कालागाढका स्थानीयवासी चेत बोगटीले बताए ।

ठेकेदार मेयर बनेपछि

तीन वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी २०७१ साल असार २९ गते सम्झौता भएको जिल्लाको शिखर नगरपालिकामा रहेको सातनाली सडक पुलको हालसम्म १० प्रतिशत मात्रै काम भएको छ ।

पहिलो पटक भएको ३ वर्षे सम्झौता २०७४ साल असार २९ गते सकिए पनि अर्को सम्झौता भएको छैन् । मूल्य अभिवृद्धि कर (भ्याट) सहित रु २६ करोड २० लाखको लागतमा निर्माण हुने करीब चार सय मिटर लम्बाइको उक्त आरसिसी पुल डिभिजन सडक कार्यालयले पुष्प/राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरी निर्माणकार्य शुरु गराएको थियो ।

पुल निर्माण हुने समयावधि समाप्त भएर पनि एकवर्ष वितिसक्दा समेत पुलका दायाँबाँया पिल्लर समेत बनेका छैनन् । पुल निमार्णको ठेक्का पाएका पुष्प/राजेन्द्र जेभी निर्माण कम्पनीका प्रमुख भीमबहादुर साउद डडेल्धुराको पर्शुराम नगरपालिकाका नगर प्रमुख भएपछि यहाँको पुल निर्माणको काम अलपत्र परेको स्थानीयवासीको आरोप छ ।

ठेकेदार कम्पनीको लापवाहीका डोटी जिल्लाका दजर्नौ पक्की पुल निर्माणको काम अलपत्र परेको छ । निर्माण शुरु गरेको वर्षौ वितिसक्दा समेत यहाँ मोटर चल्ने पुल अझै निर्माण सम्पन्न हुनसकेको छैनन् । ठेकेदार कम्पनीले विभिन्न बाहना देखाइ पुल निर्माणको कार्यमा ढिलाइ गर्ने गरेको डिभिजन सडक कार्यालय कुल्पाते दिपायलले जनाएको छ ।

पुल निर्माणको कार्य शुरु भएपछि आफू पनि सडक सञ्जालमा जोडिने आश लिएर बसेका स्थानीयवासी फेरि निराश हुनथालेको स्थानीयवासी तथा सञ्चारकर्मी रामहरि ओझाले बताए ।

पुल निर्माण कार्यमा ढिलाइ हुनुको मुख्य कारण निर्माण व्यवसायीको लापरवाही भएको पुलको साइड हेर्ने सडक कार्यालयका पुलनिर्माण कम्पनीका सञ्चालक भीमबहादुर साउद डडेल्धुराको पर्शुराम नगरपालिकाका नगर प्रमुख भएका छन् ।

कांग्रेसबाट निर्वाचन जितेका साउदलाई न कसैले थर्काउन सक्छन् न त काम छिटो नगरेकोमा कारवाही गर्न सक्छन् । यस्तै दुई वर्षमा बनेर सञ्चालनमा आउनुपर्ने जिल्लाको अर्को पुल ६ वर्ष वितिसक्दा समेत सञ्चालनमा आएको छैन ।

प्रतिक्रिया दिनुहोस