७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शान्ति सुरक्षा कायम गर्न सरकार सफल : गृहमन्त्री थापा

अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार सफल भएको बताएका छन् । राष्ट्रियसभाको आज बसेको बैठकमा उठेका जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘मुलुकमा भइरहेका महिला हिंसालगायत विभिन्न घटनामा संलग्नलाई कानूनी कठघरामा उभ्याउन सरकार सफल भएको छ ।’

गृहमन्त्री थापाले निर्मला पन्तको बलात्कारपछि हत्या जघन्य अपराध भएको उल्लेख गर्दै घटनामा संलग्नलाई कानूनी कठघरामा ल्याउन सरकार दृढ रहेको दोहोर्‍याए । उनले भने, ‘निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनाको अनुसन्धानमा लापरवाही गर्ने प्रहरी अधिकृतलाई समेत कारवाही गरिसकिएको छ ।’

गृहमन्त्री थापाले सुन तस्करको सञ्जाल ध्वस्त पार्न सरकार सफल भएको बताउँदै ३३ किलो सुन प्रकरणमा संलग्नलाई कानूनको कठघरामा ल्याइएको छ, सुन तस्करीका केही नाइकेलाई छिट्टै पक्राउ गरेर कारवाही गरिने बताए ।

तस्करले फेरि पनि नयाँ बाटो प्रयोग गरेर छिटफुट सुनको तस्करी भइरहेको जानकारी आएको बताउँदै ती रुटलाई पनि ध्वस्त पार्न सरकार लागिपरेको स्पष्ट पारे । पूर्व राजदूत केशव झाको हत्याको घटनाको अनुसन्धान भइरहेको उल्लेख गर्दै गृहमन्त्री थापाले सो घटनासँग सम्बन्धित विषयलाई अनुसन्धान गर्न विधि विज्ञान प्रयोगशालामा पठाइएको बताए ।

मुलुकमा जुनकुनै प्रकारको एकाधिकारको अन्त्य भइसकेको बताउँदै उनले भने,’नयाँ कानून निर्माण गरेर भएपनि सिण्डिकेटको अवस्था अन्त्य गरेरै छाड्छौँ ।’ उनले सर्वसाधारणलाई सिंहदरबारमा सहज प्रवेशका लागि सुरक्षा व्यवस्थामा कुनै असर  नपर्ने गरी योजना निर्माण गरिरहेको उल्लेख गरे ।

गृहमन्त्रीले विभिन्न राजनीतिक आन्दोलनमा मृत्युवरण गरेका व्यक्तिलाई शहीद घोषणाको प्रक्रिया अघि बढाइएको र केही समयअघि करीब तीन हजार सेना, प्रहरीलाई शहीद घोषणा गरिएको बताए।

यसअघि राष्ट्रियसभा सदस्य कोमल वलीले आश्रममा आनीमाथि दुव्र्यवहार गर्ने रामबहादुर बम्जनमाथि तत्काल कारवाही गर्न माग गरे । अर्का सदस्य जीतेन्द्रनारायण देवले तराईमा हुने आगलागीको घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । छलफलमा अन्य सदस्यहरुले मुलुकमा भइरहेका हत्या, हिंसाका घटनाबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद वृषेशचन्द्र लालले जुनसुकै बहानामा मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्नुपर्ने बताए । यस्तै सांसद सरिता प्रसांईले काष्ठमण्डप पुनः निर्माणमा दुई प्रकारको काठ प्रयोग गरिएको भन्दै नयाँ र पुरानो काठ प्रयोग नगर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस