काठमाडौं । आज सुनको भाउ दुईसय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ६३ हजार ३ सय रुपैयाँ रहेकोमा बिहीबार ६३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य यो नै हालसम्मको उच्च हो । माघ मसान्तमा प्रतितोला ६१ हजार ८ सय रुपैयाँ कारोबार भएकोमा फागुन १ मा सुनको भाउ दुई सय रुपैयाँ घटेको थियो ।
महासंघका अनुसार बुधबार तेजाबी सुनको भाउ पनि बिहीबार तोलामा २ सय रुपैयाँ घटेको छ । बुधबार प्रतितोला ६३ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुन बिहीबार ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।