८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलाका नाममा जग्गा लिने बढ्दै

अ+ अ-

काठमाडौं । मनमैँजु मालपोत कार्यालयमा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको सङ्ख्या बढेको छ । महिलाको नाममा जग्गा राख्दा लाग्ने राजश्व र पास गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट हुने हुुँदा पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको सङ्ख्यामा वृद्धि भएको मनमैँजु मालपोत कार्यालयले जनाएको छ ।

कार्यालयका लेखा शाखाका नायबसुब्बा शेरप्रसाद शर्माका अनुसार पछिल्लो समय महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्यामा मात्र नभई दलितको नाममा पनि जग्गा पास गर्नेको सङ्ख्या वृद्धि भएको छ । अहिले दलितका नाममा जग्गा पास गर्दा लाग्ने राजश्वमा २५ प्रतिशत छुट हुने कानूनी प्रावधान छ ।

आर्थिक वर्ष २०७४/७५ मा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या तीन हजार ९४७, दलितका नाममा जग्गापास गर्नेको सङ्ख्या ११ र वृद्धवृद्धाको नाममा जग्गा पास गर्ने सात थियो । कार्यालयमा जग्गा नामसारी गरी प्राप्त भएबापत महिलाले रु ३ करोड १६ लाख ७७३ राजश्व छुट पाएका छन् । त्यस्तै दलितका नाममा जग्गा पास गरेबापत रु ६१ हजार ५५४ राजश्व छुट पाएको लेखा अधिकृत विजयप्रकाश गिरीले बताए।

आव २०७४/७५ को हालसम्म महिलाको नाममा जग्गापास गर्नेको सङ्ख्या एक हजार ७८५ कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसबापत महिलाले ३ हजार ९४७ राजश्व छुट पाएका छन् । त्यस्तै कार्यालयमा आव २०७५/७६ मा अपाङ्गको नाममा जग्गा लिनेको सङ्ख्या छ पुगेको छ । छुटवापतको रकम रु ३५ हजार १५४ रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस