११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्ला–डोल्पा जोड्ने पक्की पुल वर्षौँदेखि अलपत्र

अ+ अ-

सिञ्जा । जुम्लादेखि डोल्पा जोड्ने पक्की पुल वर्षौदेखि अलपत्र अवस्थामा छ । चन्दननाथ नगरपालिका–१ दानसाँघुमा विगत सात वर्षदेखि निर्माण भइरहेको पक्की पुल अलपत्र अवस्थामा छ ।

६० मिटर लम्बाइ रहेको उक्त पुल वि.सं. २०६८ असार १५ बाट निर्माणकार्य थालनी गरिएको थियो । जुम्ला हुँदै डोल्पा जोड्ने दाँनसाघु पक्की पुलमा केन्द्रीय सरकारले करोडौँ बजेट दियो । तर, कहिले ठेकेदारको लापरवाही, कहिले प्राविधिक स्टिमेटको कमजोरी, कहिले चिसोमा सिमेन्टको काम नहुने भन्दै, सात वर्ष बितिसक्दासमेत तीन स्ल्याब मात्रै हालिएको छ भने अझै एउटा हाल्न बाँकी नै छ ।

पुल निर्माणका लागि विभिन्न चरणमा भएका सम्झौताबाट पनि यसले पूर्णता पाउन सकेन । वि.सं. २०६८ पछि पुनः २०७१ असार मसान्तसम्म सम्पन्न गर्ने ठेकेदारसँग सम्झौता गरियो । तर, दोस्रो सम्झौता गरेको चार वर्ष बितिसक्दा पनि पुल अलपत्र अवस्थामै छ ।

विसं २०७२ मा तत्कालीन प्रमुख इञ्जिनीयर हरिप्रसाद शर्माले उक्त पुलको डिजाइन फेल भएको जनाएपछि निर्माणकार्य बीचमै अवरोध भयो । पुल निर्माण कम्पनीका एसबीए बन्धन भगवती पृथ्वी जेभी बत्तीसपुलती काठमाडौंका प्रोपाइटर तारासिंह कठायतले भने, “प्राविधिकको कमजोरीका कारण पुल निर्माण ढिला भयो भने अर्कोतर्फ आर्थिक समस्या चुलिँदै गयो र परिणामस्वरुप पुल अलपत्र भएको छ” ।

जिल्ला प्राविधिक कार्यालय जुम्लाका प्रमुख इञ्जिनीयर हिक्मतबहादुर महतले पुलको डिजाइन जिल्ला तहबाट नभएको बताए । उनले भने, डिजाइन गर्दा नै विस्तृत अध्ययन नभएको र छुट्टै कन्सल्टेन्सीले आफ्नो मनमानीअनुसार स्टिमेट गर्दा समस्या भएको महतको दाबी छ । वि.सं. २०६८ बाट तीन स्ल्याब हालुञ्जेल झण्डै पाँचदेखि सात करोड बढी बजेट खर्च भइसकेको छ । तर अझै पनि पुलले पूर्णता पाउन नसक्नु दुखद् पक्ष हो उनले भने । उनका अनुसार अझै पनि यसलाई अन्तिमरुप दिन रु पाँच करोडभन्दा बढी बजेट आवश्यक पर्ने देखिन्छ । रासस

प्रतिक्रिया दिनुहोस