१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल पुलिस स्कुल साँगाको ३५औं स्थापना दिवस सम्पन्न

अ+ अ-

काभ्रेपलाञ्चोक । नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष श्रीमती प्रमिला खनालको प्रमुख आतिथ्यमा आइतबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगाको ३५औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न भएको छ ।

उक्त अवसरमा संघकी अध्यक्ष खनालले बिद्यालयको वार्षिक म्यागजिन ‘दिपीका’ ३०औं अङकको लोकार्पण गरिन् । साथै उनले उत्कृष्ट खेलाडीहरु, उत्कृष्ट विद्यार्थीहरु, विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरु, स्थापना दिवसमा आयोजित विविध अतिरिक्त क्रियाकलापका विजेताहरु, उत्कृष्ट शिक्षक तथा प्रशिक्षकहरुलाई शील्ड, मेडल, पुरस्कार तथा प्रशंसापत्र वितरण गरिन् ।

कार्यक्रममा संघकी अध्यक्ष खनालले प्रहरी स्कुलले शैक्षिक क्षेत्रमा ठूलो योगदान पुर्‍याएको चर्चा गर्दै नैतिक शिक्षामा आधारित शिक्षाको साथै शैक्षिक क्षेत्रमा स्थापित नवीनतम् सिद्धान्त, पद्धति र प्रविधिलाई स्कुलले अवलम्बन गरी बिद्यार्थीहरुको सर्वाङगीण विकासका लागि अझै प्रयत्न गर्नुपर्ने बताइन् ।

स्कुलका प्रिन्सीपल नवीन श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका सो कार्यक्रममा बिद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले धन्यबाद ज्ञापन गरेका थिए ।  कार्यक्रममा स्काउट टीम लगायतका बिद्यार्थीहरुले मार्चपास, जुडो, कराते, तेक्वान्दो, जीमन्यास्टिक लगायत साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, बिद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, बरिष्ठ प्रहरी अधिकृतहरु, अभिभावकहरु समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस