२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यार्सागुम्बा अझै बिक्री भएन

अ+ अ-

दार्चुला । दार्चुलामा यो वर्ष यार्सागुम्बा बिक्री भएको छैन ।

व्यवसायीले खरीद गरिएका यार्सागुम्बा अझै बिक्री हुन नसकेको हो । गत असारदेखि भदौसम्म खरीद गरिएका यार्सागुम्बामध्ये २ क्विन्टल बढी अझै बिक्री हुन सकेको छैन् । बिक्री नहुँदा व्यापारी र सङ्कलक दुबै समस्यामा परेका छन् ।

स्थानीयवासी र व्यापारीको मुख्य आयस्रोतको रुपमा रहेका यार्सागुम्बा बिक्री नभएपछि हातमुख जोर्न समस्या भएकोे छ । एकातिर यार्सागुम्बा सङ्कलकले व्यापारीबाट यार्साबापतको रुपैयाँ मागिरहेका छन् भने अर्कोतिर जिल्लाका व्यापारीले खरीद गरेको यार्सागुम्बा बिक्री गर्न नसक्दा समस्यामा परेको छ ।

यार्सागुम्बा व्यापारी तेजबहादुर बमले यो वर्ष खरीद गरेको झण्डै एक क्विन्टल यार्सागुम्बामध्ये आधा पनि बिक्री हुन नसकेको बताए । ‘मैले झण्डै ९० किलोग्रामको हाराहारीमा यार्सागुम्बा खरीद गरे, तर हालसम्म ३०/३५ किलोग्राम जति मात्रै बिक्री गर्न सकेको छु’, उनले भने ।

‘गुणस्तर हेरेर प्रतिकिलो रु १७ लाखदेखि २४ लाखसम्मका दरले खरीद गरेको यार्सागुम्बा बिक्री नभएपछि हामी समस्यामा छौँ’, व्यापारी बमले भने, ‘काठमाडौँमा अहिले प्रतिकिलोग्राम रु १० लाखमा बिक्री हुन मुस्किल भइरहेको छ, विशेषगरी चीनका व्यापारीले निर्यात गर्ने यार्सागुम्बामा कम मूल्य भन्न थालेपछि बिक्री रोकिएको छ ।’

उनले भने, ‘यार्सागुम्बामा प्रतिकिलोग्राम ? सातदेखि ८ लाख घाटा छ । एकातिर स्थानीय सङ्कलकबाट उधारोमै यार्सागुम्बा सङ्कलन गरिएको छ । उनीहरुले पनि यार्साको रुपैयाँ माग्दैछन्, तर हामीहरुको यार्सा नै बिक्री भएको छैन ।’ दार्चुलाबाट यार्सा खरीद गरी काठमाडौँ गएर फर्किएका अधिकांश व्यापारी यार्सागुम्बाको भाउ नमिलेको भन्दै निराश भएर फर्किएका छन् ।

व्यापारी सोभानसिंह ठगुन्नाले भने, ‘एक महीना काठमाडौं बसेर यार्सागुम्बा बिक्री भएन । अहिलेको अवस्थामा जिल्लाका अधिकांश व्यापारीको घरजग्गा बिक्री हुने अवस्थामा पुगेका छ ।’

यार्सागुम्बा बिक्री भएको छैन । बैंकको ऋण, आफन्तबाट निकालेको ऋण तथा सङ्कलकलाई तिर्नुपर्ने रकम कसरी दिने भन्ने समस्या छ । साना ठूला सबै व्यापारी अहिले यार्सागुम्बा बिक्री नहुँदा समस्यामा छन् ।

व्यापारी ठगुन्नाले अहिलेकै अनुपातमा यार्सागुम्बा बिक्री गर्ने हो भने रु एक करोड घाटा हुँदैछ । अहिले यार्सागुम्बा काठमाडौँ पुर्‍याएर राखिएको छ । अधिकांश व्यापारीको भने अझै जिल्लामै यार्सागुम्बा थन्क्याएका छन् । व्यापारीका अनुसार झण्डै २ क्वीन्टल यार्सागुम्बा जिल्लामै छ । आफूले यार्सागुम्बाको कारोवार गर्दा अहिलेको जस्तो अवस्था कहिल्यै भएको थिएन, उनले भने ।

अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी राजु घिमिरेका अनुसार हालसम्म जिल्लाबाट ५५५ किलोग्राम यार्सागुम्बा निकासी गरिएको छ । अझै व्यापारीले मूल्य नपाएको भन्दै यार्सागुम्बा बाहिर लिएका छैनन् ।

कार्यालयले यो वर्ष यार्सागुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका २०७३ अनुसार ८२० क्विन्टल यार्सागुम्बा निकासी गर्न सकिने उल्लेख छ । व्यापारीको मागअनुसार यार्सा निकासीको परिणाम बढाइएको हो ।

साउन भदौमा जिल्लाका सबै यार्सागुम्बा व्यापारीले खरीद गरेका थिए । चीनमा यार्सागुम्बा निर्यात गर्ने ठूला व्यापारीबाट लागत मूल्य पनि नपाएपछि यार्सागुम्बा त्यतिकै थन्किएको छ । यार्सागुम्बा बिक्री गर्न नसके सडेर जाने तथा किरा लाग्ने चिन्ता थपिएको छ, अर्का व्यापारी धनसिंह जागरीले भने । काठमाडौंमा यार्सागुम्बा बिक्री नभएपछि व्यापारीले यार्सा सङ्कलन गर्नेको रकमसमेत भुक्तानी गर्न सकेका छैनन् ।

दुहुँका यार्सागुम्बा सङ्कलक करवीरसिंह कुँवर व्यापारीले लिएको यार्सागुम्बाको रकम हालसम्म नदिएको बताउछन् । उनले भने, ‘कतिपय व्यापारीले नगद दिएर यार्सागुम्बा खरीद गरेका थिए, कतिले काठमाडौँमा बिक्री भएपछि दिन्छु भनेर लिएका हुन् तर अझै पैसा पाइएको छैन । व्यापारीले रकम नदिँदा उधारो खाएको सामानको ऋण तिर्न सकिएको छैन ।’

दार्चुलाका अपी हिमाल, व्यास, दुहुँ नौगाड गाउँपालिकाका अधिकांश स्थानीयको आर्थिक स्रोतका रुपमा यार्सागुम्बा र जडीबुटी हो । जिल्लाको लोलु, अपी फेद, सतगङ्गा, फुल्टेवन, काटै, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लीङलगायतका पाटनमा यार्सागुम्बा पाइने गरेको छ ।

हरेक वर्ष जिल्लाबाट छदेखि ८ क्विन्टल बढी यार्सागुम्बा निकासी हुने गरेको छ । कार्यालयले यो वर्ष यार्सागुम्बाको छोडपुर्जी निकासीबापत रु १ करोड ६३ लाख ५० हजार राजश्व सङ्कलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस