१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्योङयाङमा अमेरिकी कुटनीतिक कार्यालय खोल्न किम सहमत, वार्ता जारी

अ+ अ-

हनोई । उत्तर कोरियाका नेता किम जोङ अन प्योङयाङमा अमेरिकी स्थायी कुटनीतिक नियोग खोल्न सकारात्मक रहेको बताएका छन् ।  नेता किमले अमेरिकाले प्योङयाङमा सम्पर्क कार्यालय खोले आफूले त्यसलाई स्वागत गर्ने बताए ।

कोरियाली युद्धका कारण एकअर्काका विरोधी देखिएका उत्तर कोरिया र अमेरिकाबीच रहेको विगतको तिक्ततापूर्ण कुटनीतिक सम्बन्धलाई सामान्यीकरण गर्न कोरियाली नेताको यो प्रारम्भिक कदम हो ।

हनोई सम्मेलनको दोस्रो दिन जारी वार्ताकै क्रममा नेता किमले पत्रकारहरुसँग कुरा गर्दै भने ‘मेरो विचारमा यो निकै स्वागतयोग्य कदम हो ।’

उत्तर कोरियाली नेताको प्रस्तावप्रति राष्ट्रपति ट्रम्पले भने, किमले अगाडि सारेको यो प्रस्ताव निकै ठूलो कुरा हो ।

आठ महिनापछि भएको राष्ट्रपति ट्रम्प र नेता किमबीचको दोस्रो शिखर बैठक भियतनामको हनोईमा जारी छ । विशेषज्ञहरुले यस पटकको वार्तामा उत्तर कोरियाको आणविक निःशस्त्रीकरणका विषयमा ठोस सहमति हुने अपेक्षा गरेका छन् ।

हनोईमा औपचारिक वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले आफू अहिल्यै कुनै सम्झौतामा पुग्न हतार नगर्ने स्पष्ट गरे । उनले उत्तर कोरियाले क्षेप्यास्त्र र आणविक परीक्षणलाई निरन्तरता दिँदासम्म आफूलाई कुनै सम्झौता गर्न हतार नरहेको बताए ।

‘मलाई आजै केही भन्नु छैन, र त्यति हतार पनि छैन, तर अध्यक्ष किम र उत्तर कोरियासँग कुनै ठोस सहमति हुने अपेक्षा छ । त्यसपछि केही विस्तारमै भनौंला,’ राष्ट्रपति ट्रम्पले भने ।

राष्ट्रपति ट्रम्पले कमजोर स्थितिमा पुगेको उत्तर कोरियाले आणविक निःशस्त्रीकरणमा सहमति जनाए उत्तर कोरिया आर्थिक रुपमा सशक्त मुलुक हुने दाबी गरे ।

उत्तर कोरियाली नेता किमले आणविक निःशस्त्रीकरणका लागि तयार नभएको भए ट्रम्पसँग वार्ता गर्नु जरुरी नै थिएन भन्दै ठोस सहमतिका निम्ति विस्तृत छलफल जारी रहेको बताए।

उत्तर कोरियाले संयुक्तराज्य अमेरिकाको अगुवाईमा लागेका प्रतिबन्धहरु फुकुवा होस् भन्ने चाहेको छ ।

नेता किमले पत्रकारहरुसँग भने, दुई नेताबीच भइरहेको वार्ताप्रति मानिसहरुले सन्देह राखेका छन् तर बैठकमा महत्वपूर्ण, राम्रो नतिजा आउनेमा म ढुक्क छु । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस