८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज महाशिवरात्रि : देशभरका शिवालयमा महादेवको पूजा–अर्चना

अ+ अ-

काठमाडौं । महाशिवरात्रि पर्व आज भगवान शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ। हिन्दु धर्मावलम्बी बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई महादेवको पूजा–अर्चना गर्ने गर्छन्। शिवरात्रिमा पशुपतिनाथ मन्दिरमा विशेष भिड लाग्ने गर्छ।

पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। भक्तजनको लामको व्यवस्था, सुरक्षा, आवास, तथा प्राथमिक स्वास्थ्योपचारलगायत सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए।

पशुपतिनाथ पाश अर्थात् बन्धनमा परेका प्राणीका मुक्तिदाता मानिन्छन्। कैलाशनिवासी शिवले मृगस्थलीमा मृग रुप लिई धेरै वर्ष रमण गरेको पौराणिक कथामा वर्णन छ।

पशुपतिनाथ मन्दिर परिसरमा सुरक्षाका लागि पाँच हजार सुरक्षाकर्मी र भीडभाड नियन्त्रणका लागि चार हजार स्वयंसेवक परिचालन हुने भएका छन्। कोषको ऐनमा नै पाशुपत क्षेत्रमा मासु, मदिरा तथा कुनै पनि प्रकारका नशालु पदार्थ निषेधित क्षेत्र भएकाले महाशिवरात्रि पर्वमा समेतमा गाँजा, भाङ, जाँडरक्सी जस्ता नशालु पदाको बिक्रीवितरण, ओसारपसार एवं प्रयोगमा प्रतिबन्ध लगाइएको सचिव ढकालले उल्लेख गरे।

कोषले यस वर्ष दर्शनार्थीको सहजताका लागि चारैतर्फ लामको व्यवस्था मिलाएको छ। विगत वर्षमा मूल सभा समितिबाट नै सम्पूर्ण व्यवस्था हुन्थे। यस वर्ष एउटा एउटा विषयगत उपसमितिको गठन भई सेवा दिइने भएको कोषले जनाएको छ।

त्यस्तै दर्शनार्थी बाहिरिने मूलद्वार नजिकै चन्दन वितरण गरिने व्यवस्था मिलाइएको छ। हंसमण्डप,वनकालीको खुला स्थान,तिलगंगा क्षेत्रलाई आवास क्षेत्र तोकिएको छ। आवास क्षेत्रमा १०० संस्थाले निशुल्क भोजन, पानी र चिया वितरणको व्यवस्था मिलाइएको छ।

यस वर्ष शिवरात्रिका लागि पशुपतिनाथ मन्दिरमा आउने साधुसन्तको सङ्ख्या वृद्धि भएको छ। इलाहावादस्थित प्रयागमा भएको कुम्भमेलालगत्तै महाशिवरात्रि परेकाले भारतीय पर्यटक बढेको कोषका मुख्य लेखा अधिकृत प्रेमहरि ढुङ्गानाले बताए। उनीहरुलाई यही फागुन २२ गते दानदक्षिणका साथ बिदाइ गरिने कोषले जनाएको छ।

त्यस्तै पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि पाँच स्थान छुट्याइएको छ। यस वर्ष कोषले सशुल्क दर्शन पासको व्यवस्था खारेज गरेको छ। दर्शनका लागि बिहान ३ः ३० बजेदखि नै पशुपतिका उत्तर, पश्चिम र दक्षिण ढोका खुला गरिने कोषले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस